कक्षा एकदेखि १२ सम्म संस्कृत भाषा अनिवार्य माग
शुक्रबार, ०५ कात्तिक २०७३, १८ : २१
काठमाडौँ- आधुनिक युगमा संस्कृत भाषाको आवश्यकता बढ्दै गएकाले कक्षा १ देखि १२ सम्म अनिवार्य अध्यापन गराइनुपर्ने माग गरिएको छ ।
नेपाल आर्य समाजले बिहीबारदेखि यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय वैदिक आर्य महासम्मेलनमा आज विश्व संस्कृत सम्मेलनका सहभागी वक्ताले संस्कृत भाषामा भएका वैज्ञानिकतालाई जनसमक्ष पु¥याइनु पर्नेमा जोड दिए । सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा कुलप्रसाद कोइरालाले संस्कृत भाषामा भएका ज्ञानविज्ञानको सबैले उपयोग गर्न पनि संस्कृत भाषा सबैका लागि हुनुपर्ने बताए ।
सम्मेलनले विश्वविद्यालयका कुलसचिव कार्तिकेय झाले प्रस्ताव गरेको नौसूत्रीय घोषणापत्र पारित गरेको आयोजक समितिका संयोजक डा माधवप्रसाद उपाध्यायले बताए ।
नौसूत्रीय प्रस्तावमा संस्कृत भाषामा भएका आचार, मानवकल्याण, पर्यावरण संरक्षण र स्वास्थ्यका विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने, संस्कृत पठनपाठनको व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग सहकार्य गर्नुपर्ने, भाषा, धर्म, संस्कृतिसम्बन्धी नीति निर्माण र निर्णय प्रक्रियामा संस्कृतका विद्वान्लाई समावेश गर्नुपर्ने र संस्कृत भाषाका विशिष्ट ग्रन्थलाई पुनःप्रकाशन गराउन सरकारसँग माग गर्नुपर्ने लगायत बुँदा उल्लेख छ ।
दोस्रो चरणमा आजै आयोजना गरिएको वेद विज्ञान सम्मेलनमा वेदमा भएका वैज्ञानिक विषयको उपयोग गरी समृद्धिको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिइयो । सम्मेलनका सहभागी भारतीय लोकसभाका सांसद स्वामी सुमेधानन्द सरस्वतीले वेदमा भएका वैज्ञानिकताको लाभ उठाउन विश्वका सबै विश्वविद्यालयमा अध्ययनअध्यापन गराइनुपर्ने बताए ।
“यसको पहिलो चरणमा भारतका सबै विश्वविद्यालयमा स्वामी दयानन्द सरस्वतीको नाममा वेद अध्ययन विभाग बनाई अध्ययन अध्यापनको सुरुआत गर्ने तयारी भएको छ, विश्वविद्यालयमा वेदको वैज्ञानिकताका बारेमा अनुसन्धान हुनुपर्छ”– उनले भने ।
त्रिवि संस्कृत विभागका उपप्राध्यापक जनार्दन घिमिरेले नेपालमा वेदको अध्ययन अनुसन्धान गर्न छुट्टै विश्वविद्यालय स्थापनाको माग गर्नुभयो । स्वामी देवव्रतलगायतले वेदको वैज्ञानिकताका विषयमा अध्ययनअनुसन्धान हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्म्दवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म