गुल्मीमा कांग्रेस दुई स्थानमा विजयी, एमाले तीन स्थानमा
गुल्मी–नेपालको चुनावी ईतिहासिमा साविकको तम्घास र हाल रेसुङ्गा नगरपालिकामा पहिलो पटक कांग्रेसको किल्लामा विजयको झण्डा फर्फराउन पाएको नेकपा एमालेले यस नगरपालिका र दुई गाउँपालिकासहित तीन स्थानमा जित हाँसिल गरेको छ ।
रुरु गाउँपालिका प्रमुखमा भारी मत अन्तरले नेकपा एमालेका निलकण्ठ गौतम विजयी भएका छन् । उनले ५०२२ मत ल्याएर कांग्रेस माओवादी गठवन्धनका उमेदवार यदु ज्ञवालीलाई पराजित गरेका हुन् ।
प्रतिद्धन्द्धी ज्ञवालीले ३५६३ मत ल्याएका छन् । उप प्रमुखमा पनि एमाले कै लक्ष्मी पन्त ५५८८ मत ल्याएर विजयी भएकी छन् । उनका प्र्रतिद्धन्द्धी कांग्रेसका देविन्द्र मल्लले ३४४६ मत प्राप्त गरेर पराजित भएका छन् ।
मालिका गाउँपालिकामा पनि अधिकांस वडा सहित एमालेले प्रमुख , उपप्रमुखमा विजयी हाँसिल गरेको छ । प्रमुखमा ४०४२ मत ल्याएर रितबहादुर थापा विजयी भएका छन् ।उनका निकटम प्रतिद्धन्द्धी कांग्रेसका ज्ञानबहादुर कार्कीले ३४४७ मत ल्याएका थिए ।
उपमेयरमा पनि एमालेकै देवा अर्यालले ४०२५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी सिता अर्यालले ३७५९ मत ल्याएकी थिईन् । २०६४ साल सम्म माओवादीको लालकिल्लालाई उसले यसपालीको निर्वाचनमा आएर गुमाएको छ । ईस्मा गाउँपालिकामा पनि एमाले कै अग्रता रहेको छ ।
छत्रकोटमा पनि एमालेले अग्रता लिई रहेको छ । मुसिकोट नगरपालिकामा पनि उसैले अग्रता लिई रहेको छ । अन्य चार वटा गाउँपालिकामा भने कांग्रेस माओवादी केन्द्रको गठवन्धनले अग्रता लिई रहेको छ ।
धुर्कोट गाउँपालिकामा कांग्रेसको समर्थनमा माओवादी केन्द्रका भुपाल पोखेरलले अग्रता लिई रहेका छन् । त्यस गाउँपालिकको अन्य सवै वडा गनेर एमालेका गड रहेको साविकको वाग्लामा ५७६ मत गणना हुँदा ३७९ एमाले र गठवन्धले १८० मत प्राप्त गरेको जनाईको छ ।
त्यस वेला सम्म पोखरेलेले ५ सय भन्दा बढि मतले अग्रता लिएका छन् । वाग्लामा खसेको कुल मत १६७६ मध्ये करिव ११ सय मतमा एमालेका कृष्ण घिमिरे र गठवन्धनका पोखरेलको भविश्य लुकेको छ । वाजी कसले मार्ने हुन यसै भन्ने अवस्था छैन् ।
मदानेमा हिजो देखि मत गणना सुरु भएकोले परिणाम आई सकेको छैन् । कंग्रेस एकलले गुल्मी दरवार र चन्द्रकोटमा जित हाँसिल गरेको छ । मओवादी केन्द्र गठवन्धन सहित र एकल गरी अहिले सम्म १५ वटा वडाध्यक्षमा विजयी हाँसिल गरेको छ भने अन्य वडाहरुमा विजयी उन्मुख रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौंका कुन-कुन ठाउँमा काटिँदै छ बिजुली ?
-
अमेरिकी डलर, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, युरो र पाउण्डको घट्यो
-
आज लक्ष्मीको बार, कस्तो छ आम्दानीको योग ? हेरौँ राशिफल
-
म्यानयुलाई हराउँदै टोटनह्याम काराबाओ कपको सेमीफाइनलमा
-
इन्टरले गर्यो कोपा इटालियाको राउण्ड अफ् सिक्सटिन पार
-
इप्पानले धुमधामसँग रजत जयन्ती मनाउने