चीनमाथि रामदेवको हमला : चिनियाँ सामान खरिद नगर्न आव्हान
सोमबार, ०१ कात्तिक २०७३, १५ : ०२
एजेन्सी दिल्ली– योग गुरु बाबा रामदेवले चिनियाँ सामान प्रयोग नगर्न अपिल अपिल गरेका छन् ।
रामदेवले पत्रकारसँग कुरा गर्दै चिनियाँ सामान बन्द गरेर मात्र चिनमाथि नियन्त्रण गर्न सकिने दलिल पेश गरेका छन् ।
उनले भने कि चीनका सामान खरिदनु भनेको देशको दुष्मनलाई सहयोग गर्ने बराबर हो ।
रामदेवले भने, ‘चीनका सामान पुरै देशले बहिस्कार गर्नुपर्छ किनभने जसरी चीनले गतिविधि गरेको छ, यसले राष्ट्रको एकता, अखण्डता र संप्रभुताको खतरा छ ।’
उनले थप भनेका छन्, ‘तिहारमा पनि हामीकहाँ राम, कृष्ण, हनुमान र गणेशका मुर्ति पनि चीनबाट आएका छन् ।’
भारत र चीनकावीचमा ठूलो मात्रामा व्यापार हुन्छ । भारत ठूलो मात्रामा चिनियाँ सामान आयत गर्दै आएको छ ।
रामदेवले भने, ‘हाम्रो घरमा तिहारमा जुन वत्ती बल्छन्, ती पनि चीनबाट आउछन् ।’
भारतले चीनबाट बिजुलीबाट चल्ने उपकरण, खेलौना र वत्तीमात्र आयत गर्दैन, जवकि भारतमा औषधीमा प्रयोग हुने रसायन पनि आयत गर्छ ।
स्मरण रहोस्, बाबा रामदेव भारतीय कम्पनी पतन्जलीसँग जोडिएका छन् । उनले भारतमा आफ्ना कम्पनीका उत्पादन बजार पठाउछन् । आफै विज्ञापन गरेर यसको प्रचार पनि गर्छन ।
पाकिस्तानी चरमपन्थी समूहका नेतालाई आतंकवादी घोषणा गर्ने भारतीय आव्हानलाई चीनले अस्वीकार गरेको छ । यसबाहेक चीनले भारतीय भूमिमा आउने एक सहायक नदीको पानी पनि रोकि दिएको छ । भारत–पाकिस्तानवीचको तनावमा चीन पाकिस्तान नजिक देखिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्म्दवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म