समुन्नत नेपाल निर्माणमा भौतिक–विज्ञानको प्रयोग
भौतिकवादी चिन्तन अनुसार अणु, परमाणु र पदार्थबाटै विश्वको चेतनशक्ति र अचेतन शक्तिनिर्मित छ । मानिसमा पनि हाइड्रोजन, अक्सिजन, फोस्फरस, नाइट्रोजन जस्ता तŒव समाहित हुन्छ । जीवकोषको अनुसन्धान, जीवावशेष, क्रमोजोमलगायतका कुरादेखि चाप, बल, ग्याँस निर्माण– सबै कुरा विज्ञानका देन हुन् । हरेक वस्तु परिवर्तनशील हुन्छ । पारिस्थितिक प्रणाली निर्भर हुन्छ । आज वर्तमान विज्ञानको ज्ञान विस्फोट भइरहेको युगमा हामी छौँ । यातायात, सञ्चार, शिक्षा, कृषि, उद्योग तथा सामाजिक जीवन विकासले चामत्कारिक फड्को मारिरहेकै छ । माक्र्सवादी दर्शन अनुसार द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले श्रमको मूल्य सिकायो । वैज्ञानिक समाजवादी वर्ग सङ्घर्ष र सर्वहारा वर्ग अनि अधिनायकत्वबाट साम्यवादी सोचले संसारलाई तहल्का मच्चाइरहेको छ । विज्ञानले आशातीत प्रगति गरिरहेको अत्याधुनिकताको युगतिर लम्कन हामी पनि पाइला सार्दै छौँ– युगसँग साइनो जोडेर । सामन्ती साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूमा पुँजीवाद स्थापनाको खोजी गर्ने कार्यमा दार्शनिकहरूले विचार पोख्न भ्याए । सायद केही सत्य नभेट्दा नित्सेले भने– “ईश्वर मरिसके ।” भौतिकताको पराकाष्ठामा गुजे्रका दार्शनिक फुकोल्ड पनि जीवनको अन्तिममा भावानात्मक आत्मिक चिन्तनमा जोडिन पुगे । अन्तिम सत्यको खोजीमा अध्यात्म र भौतिकवादी दुवै समूह लालायित छ । अतः मानवीय इन्द्रिय ज्ञानको विचारमा रहेका दृश्य र तथ्यमा विज्ञान टहलियो । मानवता चिन्न नखोज्नु, विश्वासको संसार नचिन्नु भौतिकवादीमा कमी रहेछ भने अध्यात्मले वैज्ञानिक परिवर्तनसँग नातो गाँस्दा अतिवादी सोच र देखावटी महँगीको संस्कार नचिन्नु कमजोरी रहेछ ।
भौतिक परिवर्तनसँग हरेक वस्तुको कारण र प्रभाव खोज्छ । त्यसैले कल्पनाको कोरा किताबी किंवदन्तीमै कक्रक्क पर्न नचाहनु भौतिक समुन्नतिको कारक हो । असम्भव भन्ने शब्द आफ्नो शब्दकोशमा नअटाएर आशा राख्दै जाँदा वस्तुको गहिराइ खोजियो, संसारको बनोटमा कारणसहित व्याख्या गरिए । सामाजिक अध्ययन भए अनि मानवीय शक्तिलाई उचो बनाउने प्रयास गर्दै आइरहेकै छ । आदर्शवादीले दिएको तर्कमा पृथ्वी उत्पत्तिको कारण खोज्यो, यथार्थको वास्तविकतामा केवल चन्द्रमासम्म पुग्ने यन्त्र बनायो । मङ्गल ग्रहमा मानव बस्ती बसाउने अनुसन्धान र अभ्यास गर्दै छ । ज्ञान र पदार्थको ऊर्जा रूपान्तरण भौतिक वस्तुमा गराउँदै जाँदा मानवीय सक्षमताले सहजीकरण गर्न पाएको छ । पुँजीवादी आर्थिक क्रान्ति, सामाजिक क्रान्तिले ल्याएका परिवर्तन भौतिकवादी सोचमै जोडिएका विषय हुन् । घण्टौँ लाएर गरिने कार्यलाई क्षणमै समय, श्रम र सम्पत्ति वचत गर्ने यन्त्र मानव बनायो । वैज्ञानिक चमत्कार गर्यो, फलतः अमेरिका, जापान, जर्मनजस्ता देश विकसित बने । हामीले पनि त अब कुवाको भ्यागुतो बनेर हजुरियाको चाकडीबाजे संस्कारलाई तोड्नुपर्ला । युरोपभैmँ हामी दौडिन सकेनौँ । विज्ञानकै देन हो, आज– मुटु प्रत्यारोपण हुन सक्छ, क्यान्सर रोगको उपचार सम्भव छ– भौतिक सक्षमताकै देन अवस्य हो । एड्सजस्तो रोगको निवारणका प्रयास पक्कै सह्राहनीय छन् । एउटा सत्य, विज्ञानले नै मानिसलाई अन्धविश्वासी रुढीवादबाट माथि उठाउँदै गर्दा अध्यात्मविरोधी हो भनिनु आपैmँमा गलत हो । बरु अध्यात्मको धारमा टेकेर प्रायोगिक पक्ष खोजिने गुण यहाँ भेटिन्छ ।
अणु, परमाणुको अन्वेषण गरेर सूक्ष्मदर्शक यन्त्र बनाएर, भौतिक, रासायनिक तथा जैविक क्षेत्रमा कल्पनातित रहस्य खोतलेर जीवनको सम्पूर्ण पक्षमा घनिष्ट साइनो गाँसेको छ– भौतिकवादले । यसमै मानवीय अस्तित्व र मानवीय युग सभ्यता बाँचेको तथ्य स्पष्टै छ । कवि भूपिले भनेभैmँ हामी अभैm “जेट युगमा होइन पेट युगमा रूपान्तरण हुन पनि सकिरहेका छैनौँ ।” वैज्ञानिक ज्ञानको साटो सैद्धान्तिक काल्पनिकतामा अड्काउने कतिपय अप्रमाणिक मिथकले मानवलाई दुःखित तुल्याएको छ । सङ्क्रमण कालीन युगसन्धिमा आज पनि विद्रुपता हेर्नुपरेको छ । प्रकृतिकै प्राणी बिरालो, छेपारोले बाटो काटे अपसकुन ठान्ने हामी आज कैयौँ यस्ता भावको डेरामा अड्किरहेका छौँ । कल्पना होइन यथार्थरक संसारमा असम्भव कुरालाई प्रमाणका आधारमा तथ्य खोजेर भौतिकवादले सफलता प्राप्त गर्यो । कतिपय सूक्ष्म समस्याबाट उम्कन नसक्दा विकासको मार्गमा हामी कछुवा गतिमै छौँ । प्राकृतिक प्रकोपका कारण खोजिनु, प्रामाणिक व्याख्यामा अन्तरिक्षसम्म पुग्ने बाटो खोजिनुमा विज्ञानको विकासले भूमिका खेलेको छ ।
कल्पनाको, विचारको खानाले भोको पेटलाई भर्दैन भन्ने ध्रुवसत्यलाई मनन गर्ने आवश्यकता आज छ । भाषणमा आकर्षित हुने संस्कारबाट अब विकास मार्गतिर रूपान्तरण हुन सक्नुपर्छ । भौतिकवादले विज्ञान र वैज्ञानिक सहारालाई यथार्थ रूपमा तथ्यसँग प्रतिबिम्बित गराउँछ । कपोलकल्पित भ्रम अनावश्यक विश्वासको पूजारी हो । वैज्ञानिक विकास गफका ठेली होइनन् । डार्बिनले बाँदरदेखि मानवको विकास भएको तथ्य अघि सारे । देवकोटाले प्रकृतिमा लालित्य खोजे । विज्ञानले सर्वत्र जादु छरेको छ । जल मार्ग, स्थल मार्ग, आकाश मार्गका यातायात सुविधा विस्तारको विकास केवल वैज्ञानिक बौद्धिक सोचको सफलता हो । आज धर्ती आँगन अनि अन्तरिक्ष छाना बनाउन तल्लीन छ– मानिस । शिक्षा, मनोरञ्जन, वृद्धि, विकास, सञ्चार एवम् निर्माण कार्यमा कम्प्युटर अभिन्न अङ्ग बनेको छ । काल्पनिकतालाई नाम र दाम कमाउनेहरू दाँतमा ढुङ्गो लागेको छ । इतिहासलाई तर्साइरहने बुख्याँचाहरूले देशलाई माथि उक्लन दिएको छैन । अब पुरानो चर्किएको पर्खालको आडमा होइन, नयाँ पर्खालको चर खन्नु छ । अब एउटा बूढो युगलाई चिर निद्राको बिस्तारा चाहिएको छ । अर्को कलिलो युग जन्मिन चाहन्छ, हुर्कन चाहन्छ । अब त सिद्धान्तवाद तेल सकिएको दियोभैmँ धिपधिपाएको मात्र छ । जागरणको घडीमा अबको युगले दोबाटोमा प्रतीक्षा गरिरहेको छ । प्रायोगिक विज्ञानमा संस्कृति, परम्परा, पहिचानले जागृत हुनसक्ने भावात्मकता नेपाली जनजीवनको आवश्यकता हो । विकासका नाममा मानवता र भाइचारा मरेको तीतो सत्यलाई हामीले चिन्नुपर्छ । विरोधाभाषको दुई ढुङ्गामा मानिस च्यापिएको छ । इतिहासको दोसाँधमा समय हतारिँदै छ । यसैले तथ्य र प्रमाणको आधारमा नेपाली अस्मिताले निसङ्कोच रम्न पाओस् ।
सपना नराम्रो देख्दा खिन्न हुने, औँसीमा जन्मेको बालक मूल्याहा हुने तर जन्मँदैमा बालकको के दोष ? मान्छेलाई मान्छेले छोएको पानी अचल हुने, अपुत्रो हुँदा अपहेलित बन्नुपर्ने, विधवा आइमाई वा रित्तो भाँडो बाटोमा देखिँदा काम नबन्ने, साइत पर्दैन भनिनु–भौतिक सोचका अपाच्य विषय हुन् । यो पनि सत्य हो, यी सबै सीमा गरिबका लागि रहेछन् । धनाढ्यलाई पण्डितले शुभैशुभ ठान्छन् । दक्षिणा धेरै दिनेकोमा गएर पूजापाठ गरिदिन्छन् । शङ्का र डर मिसाएर पापको बल्छी थाप्ने लालची अन्धविश्वासको पोको सावित अवश्य हो । अमेरिका, जापानजस्ता देशले यस्तै ढ्याङ्ग्रो बजाइरहेका भए अन्तरिक्षका कुरा कल्पनामै बिलाउने थिएन र ? मानसिक यातनाको सिकार बनाउने अतिवादी रुढी संस्कारले कस्तो ज्ञानको पुन्तुरो बोकेको छ ? त्यो त आजका वैज्ञानिक आविष्कारको आशातित प्रगतिले प्रष्ट पारेकोमा दुई मत नहोला । हिजो घोडालाई कोर्रा लगाउने दौँतरी युगको युरोपले रोबर्टलाई सामान लोड– अनलोड गराइरहँदा हामी आज पिपले डाँडाको उकालोमा तक्माले ढाकर अड्याएर पसिना पुछिरहेकै छौँ ।
युगतिर आँखा लगाउँदा परिवर्तनलाई प्रयोग गर्ने तर स्वीकार नगर्ने केही टाठा–बाठा र बुज्रुक व्यक्तिको स्वार्थ र मपाईंत्वले ढाकेको आध्यात्मिवादमा कल्पनाको भैंसी, कल्पनाको दूधबाट पाइने पोषण हुन्छ त्यसले मानिसको पेट भर्दैन बरुकुपोषणको सिकार बनाउँछ । आज धार्मिक आस्थामा पैसा बेच्ने अनि वैज्ञानिक सत्यमा आधारित ज्ञानलाई पैसामा जोखेर कमाइखाने भाँडो बनाइएका विभत्सताले समाजलाई चाडबाड बोझिलो लाग्छ । गरिबले हरेक पर्वमा, पूजापाठमा खुट्टा कमाउन बाध्य बनाइएको छ । के गरिबले आस्थाको धर्मलाई पालना गर्ने अधिकार छैन र ? अर्कोतिर घटनातिर आँखा लगाउँदा पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भनी वैज्ञानिक यथार्थता पस्किएका कोपर्निकसलाई अध्यात्मवादीले फाँसी दिइनु आपैmँमा बौद्धिकताको दुरूपयोग हो । असल मानिसले मानवको जीवन मूल्यलाई बुझेको हुन्छ । नियोजित रूपमा स्वार्थ घुसाएर सोझा मानिसको शोषण गर्ने उपल्ला भनिएका मानिसको गरिखाने भाँडो होइन– सनातन दर्शन । यो त शान्ति, ज्ञान र जीवन चिन्ने सफल मार्ग रहेछ ।
आत्माको सम्मान गर्ने भन्ने तर परमात्माका नाममा स्वार्थ जोडेर ढोङ गरिरहनु कतिको पाच्य होला । गरिबलाई पूर्वजन्मको कर्मको खोल ओढाइन्छ । झुमाप्रथा, सतीप्रथा जस्ता प्रथाले, दाइजो प्रथाले मानवीय हिंसा र विभेदकारी निर्ममतालाई जन्माएको छ । आपूmलाई मीठो लागेर ईश्वरको नाममा मानिसहरू बलि चढाएर खान्छन् अर्कोतिर सबै प्राणीको आत्मामा ईश्वर छन् भन्दछन् । अतः वैज्ञानिक आविष्कारसँग मानवताले बाटो पाओस् । धनीको घर अगाडि आँगनमा रोपेको सुन्तलाको बोटमा धेरै सुन्तलाफल्ने अनि गरिबको कोठेबारीमा चार दाना मात्र फल्ने हुन्छ र ? भूकम्प, बाढी, पहिरोबाट हुने प्राकृतिक क्षतिजस्ता कपोलकल्पित र अतिविश्वासवादी सोचको कारण लाखौँ मानिस भ्रमको संसारमा रुमल्लिएका छन् । अतः प्राविधिक दक्ष जनशक्ति तयार पारेर समुन्नत नेपाल निर्माण गर्न अनि जनताको जीवनलाई आर्थिक उन्नतिद्वारा कायापलट गराउन देश भौतिक विकासतर्पm लम्किनु अपरिहार्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
-
पत्रकार आचार्यलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
-
जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र
-
मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय