सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

ग्यास्ट्राइटिस भए के गर्ने ?

शुक्रबार, ०७ असोज २०७३, ११ : २४
शुक्रबार, ०७ असोज २०७३
हामीले खाएको खाना आमाशयमा चारदेखि ६ घन्टासम्म  रहन्छ । त्यसपछि खाना पचाउने प्रक्रिया सुरु हुन्छ । खाना पच्नलाई त्यहाँ विभिन्न पाचन रस आउने गर्छ । त्यसमा पनि हाइड्रोक्लोरिक एसिड र पेप्सिनले महत्वपूर्ण भूमिका खेल्छन् । यिनीहरूको काम आमाशयमा रहेको खानालाई सहज रूपमा पचाउने हो । यिनीहरूले शरीरका कुनै पनि भागलाई असर नगरी खानालाई पचाउने काम गर्छन् । तर, शरीरको आफ्नै सुरक्षा प्रणाली कमजोर भयो र सहज रूपमा पाचन प्रक्रिया हुन सकेन भने हामीलाई ग्यास्ट्राइटिस हुन्छ । तर, ग्यास्ट्राइटिस हो/होइन भन्ने परीक्षणपछि मात्र थाहा हुन्छ । लक्षण छाती र पेटको बीचको खाल्टोवरिपरि दुख्नु पेट पोल्नु, भोक हराउनु, पेट ढुस्स भएकोजस्तो हुनु या भारी हुनु विनाकारण टाउको दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु र कहिलेकाहीँ बान्तामा रगत देखिनु कालो दिसा आउनु, खाना नपच्नु आदि ग्यास्ट्राइटिस बिग्रँदै जाँदा अल्सर हुने र बारम्बारको अल्सरले क्यान्सर हुने सम्भावना पनि हुन्छ ध्यान दिनुपर्ने चिल्लो, पिरो, अमिलो, मसलेदार र तारेको खानेकुरा नखाने रक्सी चुरोट सेवन नगर्ने सकेसम्म घरमा बनाएको खाना खाने, बाहिरको खाना नखाने जुनसुकै रोगको पनि चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्ने लहैलहैमा औषधि सेवन नगर्ने  । ग्यास्ट्राइटिसबाट जोगिन ग्यास्ट्राइटिसबाट जोगिने सबैभन्दा महत्वपूर्ण कुरा भनेको सामान्य जीवनशैली र स्वस्थ खाना नै हो सही समयमा खाना खाने रेसा र चोकरयुक्त खस्रा मोटा खानेकुरा खाने सागसब्जी, सलाद–फलफूल, फलफूलको रस, स्याउ, स्ट्रबेरी, मेवा, लसुन सेवन गर्ने पानी प्रशस्त पिउने । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप