विद्यालयबाट राती घर पुग्छन् विद्यार्थी !
(कैना) जाजरकोट – यहाँको डाडाँगाउँ गाविस वडा नं ८ का प्रेमकला घर्तीलाई विद्यालय आउन दुई घण्टा पैतल हिड्नुपर्ने वाध्यता छ । उहाँलाई एक दिन होइन, दैनिक यस्तो हिँडाईले मानसिक रुपमा पढाई भन्दा हिँडाईको चिन्ता अनि पिडाले सताउने गरेको छ । विद्यालयमा आउँने र जाँने पिडा ,तनावले गर्दा पढाईमा प्रत्यक्ष वाध्य पुगेको घर्तीको भनाई छ ।
उनीलाई जस्तै सुर्योदय मावि कैना कक्षा ६ मा पढ्ने जीवन घर्तीको पिडा कम छैन् । उमेरले ११ वर्षमा भर्खर पाईला टेक्दै गर्नुभएका जीवन विद्यालय जाँदा आउँदा लाग्ने समय नपुगेर सधै घरमा राती पुग्ने गरेको उनका बुबा केशवहादुर घर्तीले बताए ।
सानो छ , हिँड्न सक्दैन साथीहरु ठुला छन् वीचमा छोडेर आउँछन् मेरो छोरा राती पुग्छ यो पिडा कसले वुझने केशले दुखेसो पोखे । सुर्योदय माविमा देखी करुवा गाउँ आउन दुई घण्टा भन्दा वढी ठुला मानिसलाई लाग्छ भने साना वालवालिकालाई अलि वढी नै लाग्ने गरेको प्रधानाध्यापक प्रचण्ड औलले बताए । विद्यालय आउँदा वीचमा खोला छ , खोलामा पानीको मात्रा वढी भएका कारण कयौ वालवालिकाहरु खोलामा वग्ने गरेका छन् ।
वर्षेनी काठेपुल खोलामा निर्माण गरेपनि त्यो भरपर्दो हुँदैन प्रअ ओलीले भने । विद्यालय देखी विद्यार्थीहरुको घर निकै टाढा भएका कारण समयमा उनीहरु पुग्दैन्न । हतार हतार दैडिएर आएका विद्यार्थीहरु पसिना निकालेर भिजेका हुन्छन् अनि शिक्षण गर्न मुस्किल । कहिले काँही गर्मीका विद्यार्थीहरु वेहोस हुने सम्म गरेको ओलीले बताए ।
करुवा गाउँवाट कैना मावि आउने वाटो मर्मत नहुँदा थप विद्यार्थीहरु र अभिवावकलाई समेत वाधा पुगेको छ । दैनिक ४० जना भन्दा वढी विद्यार्थीहरु करुवावाट कैना माविमा पढ्ने गरेको ओलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म