‘बोल्ड’ पहिरनमा छल्कियो नरगिसको जवानी, सबैको अगाडि हुनुपर्यो लाजले पानीपानी
बलिउडकी ‘सेक्सी’ नायिकाको शीर्ष स्थानमा रहेकी नरगिस फाकरी एक पारिवारिक कार्यक्रममा अहिलेसम्मकै सबैभन्दा बोल्ड अवतारमा देखा परिन् । सबैको वाहवाही कमाउने मनसाय बोकेर हरियो रङको निकै बोल्ड पहिरन लगाएकी नरगिसले प्रशंसाको साटो उल्टै आलोचना खेप्नुपर्यो । कार्यक्रमका निर्माताले जब उनलाई ‘यो पारिवारिक कार्यक्रम हो, यसमा क्लिभेज नदेखाउनुहोस्’ भने तब उनी अवाक भइन् किनभने उनलाई आफ्नो पहिरन ठिकठाक लागेको थियो ।
स्रोतका अनुसार टेलिभिजन कार्यक्रम ‘डान्स प्लस टु’ मा कोस्टार रितेश देशमुखसँग आफ्नो आउँदो फिल्मको प्रोमोसनका लागि उनी हरियो रङको वनपिस लगाएकी थिइन्, जसमा उनको बक्षस्थल स्पष्ट रुपमा देख्न सकिन्थ्यो । पारिवारिक कार्यक्रम भएका कारण सेटमा उपस्थित सहायक निर्देशकहरुले नारगिसलाई उक्त पहिरन परिवर्तन गर्नको लागि आग्रह गरे । उनले आफ्नो ड्रेस परिवर्तन गर्न मानिनन् ।
तर पछि निर्देशकले उनीमाथि हस्तक्षेप नै गर्नुपर्यो । अगाडि भागमा निकै खोलिएको पहिरनमा केही परिवर्तन नगरेसम्म कार्यक्रम सुटिङ गर्न नसकिने सहायक निर्देशकहरुले नरगिसलाई स्पष्ट पारे । पहिरनका कारण विवाद बढ्ने देखेपछि अन्ततः नरगिसले त्यसमा पिन लगाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्क्विड गेम विश्वभर लोकप्रिय भयो तर निर्माताले किन पैसा कमाउन सकेनन् ?
-
जापानमा ‘नेपाल फेस्टिभल’
-
च्याम्पियन्स ट्रफीको प्रश्नमा बीसीसीआई उपाध्यक्षले भने, ‘पाकिस्तानसँग वार्ता भइरहेको छ’
-
सिरियाका विद्रोहीहरूद्वारा दोस्रो ठुलो सहर अलेप्पो कब्जा
-
कर बढाउने घोषणापछि ट्रम्पलाई भेट्न अमेरिका पुगे ट्रुडो
-
दुई अर्ब ६३ करोडका लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न, परीक्षण सफल