कक्षा १२ को परीक्षाफल सार्वजनिक, ४८.१७ प्रतिशत उत्तीर्ण
भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । नतिजामा नियमिततर्फ एक लाख ७५ हजार ५९३ जना परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ जना परीक्षार्थी उतीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । त्यसैगरी, आंशिकतर्फ एक लाख २३ हजार १८१ जना परीक्षार्थी सहभागी भएकामा ४८ हजार ७६३ जना परीक्षार्थी उतीर्ण भएको उहाँले जानकारी दिनुभयो । परीक्षामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत र आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत परीक्षार्थी उतीर्ण भएका हुन् । परीक्षा उच्च माध्यमिक शिक्षा परिषद्ले गत वैशाख २० गतेदेखि ३१ गतेसम्म सञ्चालन गरेको परीक्षामा नियमितमा ३८ र आंशिकमा ३६ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ । एक विषयसम्म फेल भएकाको मौका परीक्षा कात्तिक ६ गते हुने पनि उनले जानकारी दिए । नतिजा थाहा पाउन मोबाइलमा एचएसइबी टाइप गरेर ३५५६६ मा एसएमएस गर्न सकिनेछ । कक्षा १२ को विज्ञान सङ्कायको परीक्षाफल भने यसअघि नै सार्वजनिक भइसकेको छ ।
नतिजा हेर्नका लागि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म