मनिषा कोइराला भन्छिन्, ‘म बच्चा चाहन्छु’
क्यान्सर रोगमाथि विजय पाएपछि आफ्नो व्यवसायिक जीवन सुरु गरेकी नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले आफूलाई बच्चा चाहेको बताएकी छिन् । उनले एक छोरीलाई धर्मपुत्रीको रुपमा स्विकार गर्न चाहेको बताएकी छिन् ।
उनले भनिन्, ‘म मेरो परिवारसँग निकै नजिक छु तर उहाँहरु नेपालमा हुनुहुन्छ । घर फर्किंदा म एक्लो महसुस गर्छु । मानिसलाई मानिसकै मायाको खाँचो छ । बाल्यकालदेखि नै म बच्चा एडोप्ट गर्न चाहन्थें ।’
लामो समयपछि बलिउडमा प्रोमिता सेनगुप्ताद्वारा निर्देशित ‘मौली’ फिल्ममार्फत फिर्ता भएकी मनिषाले बलिउडमा पुनः सेटल हुने भएका छिन् ।
भारतीय संचार माध्यमले उनलाई पुनः विवाह गर्ने योजना छ कि छैन भनेर सोध्दा उनले यो कुरामा आफू सकारात्मक भएको जनाएकी छिन् । उनी भन्छिन्, ‘विवाह को गर्न चाहँदैन र ? सुरुमा सबैकुरा राम्रो हुन्छ, तर पछि के हुन्छ तपाईंलाई थाहा हुँदैन । यदि कोही राम्रो मान्छे भेटे म यसबारे सोच्नेछु । अहिले महत्वपूर्ण भनेको पारिवारिक सम्बन्ध स्थापित गर्नु हो जुन बच्चा एडोप्ट गरेपछि हुन्छ । ।’
मनिषाले सन् २०१० मा नेपाली व्यवसायी सम्राट दाहालसँग विवाह गरेकी थिइन् तर विवाह गरेको दुई वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा पहिलो चौमासिकमा करिब १२ प्रतिशत मात्र विकास खर्च
-
विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे सम्मानित
-
बाढीको चपेटामा परेको च्यासल रङ्गशालामा कहिले जाला ध्यान ? (तस्बिर)
-
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान
-
हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री
-
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक