विकासमा पहिचान सहित अगाडि वढ्नु पर्छः मन्त्री जवेगु
बिहीबार, २३ भदौ २०७३, १८ : ५१
प्यूठान– संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्री श्री प्रसाद जवेगुले प्यूठान जिल्लाको विकासमा पहिचन सहित अगाडि बढ्नु पर्ने बताए ।
माओवादी केन्द्र प्यूठान नगरपालिक नगरकमिटिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री जवेगुले बाढी पहिरोबाट बढि क्षति भएको प्यूठान जिल्लाको विकास र पुर्ननिर्माणका लागि वर्तमान सरकारले ध्यान दिने बताए ।
प्यूठानकै मुटु केन्द्र मानिने झिमरुक फाटँको अवलोकन गरेपछी झिमरुक नदी कटानलाई तत्काल व्यवस्थापन गर्ने र भावि दिनहरुमा खेतीयोग्य जमिनलाई जोगाइ राख्न आवश्यक अनुसार तटबन्द निर्माण गर्नका लागि पनि पहल लिने बताए ।
पुर्न निर्माणसंगै जिल्लाको समग्र विकासका लागि वर्तमान सरकारले विशेष ध्यान दिने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।