पुस्तकालय छन्, पाठक शुन्य
पाँचथर - सदरमुकाम फिदिमसहित पाँचथरका विभिन्न स्थानमा सञ्चालित पुस्तकालयमा पाठकको चासो घट्न थालेको छ ।
कुनैबेला खचाखच भीड लाग्ने पाँचथर सदरमुकाम फिदिमको पाँचथर सामुदायिक पुस्तकालयमा पछिल्लो दश वर्षयता घट्न थालेको पाठकको चाप अहिले शून्य प्रायः जस्तै बन्न थालेको हो ।
व्यवस्थापक मङ्गल बेघाका अनुसार पाँचथर सामुदायिक पुस्तकालयमा नेपाली, अङ्ग्रेजी भाषा साहित्यसँगै इतिहास, धर्म, संस्कृति र व्याकरणसँग सम्बन्धित नयाँ–पुराना गरी चार हजारभन्दा बढीै पुस्तक छन् । तीनतले भवनमा रहेको यो पुस्तकालयमा पुस्तकसँगै गीत, सङ्गीत र अन्य विधामा रमाउने पाठक स्रोता र दर्शकको रुचिलाई ध्यान दिँदै श्रव्य, दृश्य र साङ्गीतिक उपकरण पनि राखिएको छ ।
पछिल्लो समय प्रविधिको विकाससँगै इन्टरनेट र युट्युबमार्फत नयाँ–पुराना पुस्तक पढ्न र सुन्न पाइने भएकाले पनि पुस्तकका पाठक घटेको बेघाको भनाइ छ । सदरमुकाम फिदिममा यो सँगै विभिन्न सङ्घसंस्था र स्कुल÷क्याम्पसले पनि पुस्तकालय खोलेका छन् । स्कुल र क्याम्पसमा पाठ्यक्रमका पुस्तक पढ्नेबाहेक बाह्य ज्ञान हासिल गर्न अध्ययन गर्ने व्यक्तिको सङ्ख्या पनि शून्यजस्तै छ ।
पाँचथर सामुदायिक पुस्तकालयकी कर्मचारी सङ्गीता देवानले दैनिक २ देखि ५ बजेसम्म खुल्ने यो पुस्तकालयमा कहिलेकाहीँ १०–१२ जना र धेरैजसो शून्य सङ्ख्यामा पाठक आउने गरेको अनुभव सुनाए । सदरमुकामबाहेक जिल्लाका याङनाम, यासोक, रानीटार, आङसराङलगायत स्थानमा सञ्चालित पुस्तकालयको पनि हालत यस्तै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म