शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उच्च माध्यमिक विद्यालय संघको शिक्षामन्त्रीलाई ९ बुँदे ध्यानाकर्षणपत्र

मङ्गलबार, २१ भदौ २०७३, १५ : ००
मङ्गलबार, २१ भदौ २०७३

काठमाडौं–उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले निजी शिक्षालयका विभिन्न माग तथा शिक्षा नियमावली लगायत्का विभिन्न विषयमा शिक्षामन्त्री धनिराम पौडेललाई ध्यानाकर्षण गराएको छ । हिसानका अध्यक्ष रमेश कुमार सिलवालको नेतृत्वमा हिसानका पदाधिकारीहरुले मंगलबार शिक्षा मन्त्री पौडेललाई भेटी विभिन्न ९ वटा विषयमा ध्यानाकर्षण गराएको हो ।

सो अवसरमा ध्यानाकर्षण पत्र बुझाउँदै हिसानका अध्यक्ष सिलवालले शिक्षा नियमावली बनाउँदा हिसानका मागहरुलाई पनि ध्यान दिन तथा ०+२ लाई निर्वाध रुपले संचालन गर्ने वातावरण मिलाउन माग गरे ।

शिक्षा मन्त्री पौडेलले हिसानले प्रस्तुत गरेका मागहरुलाई आफुले समेट्न प्रयास गर्ने वताउदै शिक्षा नियमावली बनाउँदा हिसानका धारणालाई पनि सम्बोधन गर्न हिसान लगाएतका शैक्षिक संस्थासँग छलफल गर्ने बताए ।

यस्ता छन् ध्यानाकर्षण पत्रका ९ बुँदा १) शिक्षा ऐनलाई नेपालको संविधानअनुरुप र निजी क्षेत्रमैत्री बनाउन पहल गरियोस् । २) शिक्षा नियमावली निर्माण गर्दा हिसान लगायत् सरोकारजन्य संस्थाहरुको सुझाब लिई ऐनमा प्रष्ट नभएका विषयहरुलाई प्रष्ट गरियोस् । नेपालको शिक्षाक्षेत्रलाई व्यवस्थित बनाउन निजी क्षेत्रको लगानी संरक्षण र संबद्र्वन गर्न र निजी क्षेत्र मैत्री बनाई लगानीको फैलावट गर्ने कानुनी व्यवस्थाको प्रत्याभूति गरीयोस् । ३) राष्ट्रिय शिक्षा परिषद् लगायत् शिक्षा सम्बन्धि सरोकारजन्य समितिहरुमा यस संघको प्रतिनिधित्व हुने व्यवस्था गरियोस् । ४) राष्ट्रिय परीक्षा वोर्डलाई यथाशिघ्र पूर्णता दिई छिटो भन्दा छिटो कार्य सम्पादनमा लगाईयोस् । मूलुकको संक्रमणकालीन व्यवस्थालाई मध्यनजर गर्दै ०+२ लाई निर्वाधरुपले सञ्चालन गर्ने वातावरणको सुनिश्चितता प्रदान गरीयोस् र माध्यमिक शिक्षा अध्यापन गर्न चाहनेहरुलाई ९–१२ सञ्चालन गर्न दर्ता प्रक्रियालाई सहज बनाइयोस् । ५) कक्षा १२ को परीक्षाको परिणाम यहि भाद्र मसान्त भित्र प्रकाशित गरियोस् र कक्षा ११ को परिणामलाई असोज मसान्त भित्र प्रकाशित गरियोस् । ६) कक्षा ११ र १२ को परीक्षाको परिणाम ग्रेडिङ प्रणाली अन्र्तगत गर्ने हो वा अंक प्रणाली अन्र्तगत गर्ने हो त्यसको निक्र्यौल गरी तुरुन्त सम्बन्धित संस्था र व्यक्तिहरुलाई जानकारी गराईयोस् । कक्षा ११ को परीक्षालाई हालकै व्यवस्था अनुृसार राष्ट्रिय परीक्षा वोर्ड मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाईयोस् । ७) ग्रेडिङ प्रणाली अन्र्तगत जाने हो भने तद अनुसार पाठ्यक्रम र पाठ्यपुस्तकमा परिमार्जन गरीयोस् । त्यसकालागि यथाशिघ्र छिटो गृहकार्य प्रारम्भ गरीयोस् । कक्षा १० को परीक्षालाई एस एल सी र कक्षा १२ को अन्तिम परीक्षालाई एच एस एल सी परीक्षा नामाकरण गरी परीक्षा सञ्चालन गरीयोस् । ८) कक्षा ११ र १२ सँग सम्बन्धित विभिन्न विभाग वा निकायहरु विचको समन्वयलाई छिटो र छरितो बनाई एकद्वार प्रणाली अन्र्तगत सञ्चालन गरी सहज सेवा उपलब्ध गराईयोस् । ९) हाल केही उ.मा वि.हरुमा विभिन्न विद्यार्थी संगठनका नाममा अवान्छित गतिविधीहरु भएकोमा शान्ती सुरक्षाको प्रत्याभूति गरीयोस् र चन्दा आतंक बन्द गरीयोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप