सङ्ग्रहालय विज्ञान तथा बौद्ध सङ्ग्रह’ विषयको अध्ययन सुरु
काठमाडौँ - लुम्बिनी बौद्ध विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा ‘सङ्ग्रहालय विज्ञान तथा बौद्ध सङ्ग्रह’ विषयको अध्ययन/अध्यापन सुरु गर्न लागेको छ । दुई वर्ष समयवधिमा अध्ययन पूरा हुने सो विषयमा एक हजार पूर्णाङ्कको पाठ्यक्रम विकास गरिएको छ । त्यसैगरी सोही विश्वविद्यालयले ‘पुरातत्व तथा बौद्ध पुरातात्विक क्षेत्र’मा ‘पोस्ट ग्राजुएसन डिप्लोमा’ समेत सञ्चालन गरिने उपकुलपति डा नरेशमान वज्राचार्यले जानकारी दिए। एक वर्ष समयावधिमा अध्ययन पूरा हुने सो विषयमा पाँच सय पूर्णाङ्कको पाठ्यक्रम विकास गरिएको छ ।
विसं २०६० मा स्थापित विश्वविद्यालयले विसं २०७० मा मात्र बौद्ध दर्शन तथा साहित्यमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गरेको थियो । विश्वविद्यालयले अध्ययन तथा अध्यापन सुरु गर्नुपूर्व नै काठमाडौँ उपत्यकाका पाँच बौद्ध सङ्घसंस्थालाई सम्बन्धन दिई कक्षा सञ्चालन गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म