शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत १७ क्याम्पसमा लगाइएको ताला खुला

सोमबार, २० भदौ २०७३, १८ : ५०
सोमबार, २० भदौ २०७३

काठमाडौँ - पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत १७ क्याम्पसमा लगाइएको ताला आजदेखि खुलेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा घनश्यामलाल दास र अनेरास्ववियुका अध्यक्ष नवीना लामाबीच विश्वविद्यालयको शैक्षिक वातावरण सुधार्ने पक्षमा १५ बुँदे सहमति भएपछि ताला खुलेको हो । ताला खुलेसँगै पाँच दिनदेखि बन्द क्याम्पसको पठनपाठन आजैदेखि सुरु भएको छ । अनेरास्ववियुका अध्यक्ष लामाले आफूहरुका माग विश्वविद्यालयले पूरा गरेपछि ताला खोलिएको बताए ।

आगामी चैतभित्र स्वतन्त्र विद्यार्थी युनियन परिषद्को निर्वाचन गर्ने, कलेजको वृद्धि शुल्कबारे उच्चस्तरीय शुल्क निर्धारण समिति गठन गर्ने, परीक्षालाई थप व्यवस्थित र मर्यादित बनाउन उत्तरपुस्तिकामा कोडिङ प्रणाली सुरु गर्ने लगायत विषयमा विश्वविद्यालय र अनेरास्ववियुबीच सहमति भएको छ ।

विश्वविद्यालयको शैक्षिक विकृति अन्त्य, वैज्ञानिक आधारमा शुल्क निर्धारण, प्रवेश परीक्षालाई मर्यादित बनाइनुपर्ने र ‘शैक्षिक क्यालेन्डर’ बनाइनुपर्ने लगायत माग राख्दै अनेरास्ववियुले गत बुधबारदेखि विश्वविद्यालयका १७ इन्जिनियरिङ, बायोटेक्नोलोजी, आइटी कलेजमा तालाबन्दी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप