शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

त्रिभुवन विश्वविद्यालयमा डाबर नेपालको १० लाखको छात्रवृत्ति

बिहीबार, १६ भदौ २०७३, १९ : १०
बिहीबार, १६ भदौ २०७३

काठमाडौं – डाबर नेपालले त्रिभुवन विश्वविद्यालयको वनस्पतिशास्त्र विभागसँग हिमाली क्षेत्रमा औषधिमूलक र एरोमेटिक वनस्पतिमा सोध र विद्यावारिधि गरिरहेका विद्यार्थीहरुका लागि रु. १० लाखको पूर्ण छात्रवृत्ति प्रदान गर्ने फेलोशिपको स्थापना गरेको छ । डाबर इन्डियाका पूर्व अध्यक्ष स्व. श्री अशोक चन्द बर्मनको नाममा उक्त फेलोशिपको स्थापना गरिएको हो ।

यस सम्बन्धमा त्रि वि ले योग्य विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नेछ ।

विद्यार्थीहरुले डाबरको अत्याधुनिक ग्रीनहाउसहरुको पनि प्रयोग गर्न पाउनेछन् ।

यस सोध कार्यको लागि डाबरको औषधिमूलक र एरोमेटिक वनस्पति विभागका प्रमुख डा. पंकज प्रसाद तिवारी को–सुपरभाइजर रहनेछन् ।

हालको लागि त्रि वि सँगको फेलोशिप सहकार्य ३ वर्षको हुनेछ । विगत दुई दशक देखि बनेपास्थित आफ्नो नर्सरीद्वारा डाबर नेपालले औषधिमूलक र एरोमेटिक वनस्पतिको उत्पादनको लागि कृषि प्रविधि र कृषकहरुलाई मुनाफा प्रदान गरिरहेको छ ।

मुस्ताङ्ग, हुम्ला, जुम्ला, सुर्खेत, संखुवासभा जस्ता नेपालका दुर्गम स्थल र बिरगंजमा पनि डाबर नेपालले अनुबन्धित खेतीबाट विभिन्न औषधिमूलक र एरोमेटिक बोटबिरुवाको उत्पादन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप