सल्यानमा विद्यालय मर्ज अभियान
शनिबार, ११ भदौ २०७३, ११ : ३०
सल्यान– जिल्ला शिक्षा कार्यालय सल्यानले सामुदायिक विद्यालय मर्जको अभियान शुरु गरेको छ ।
प्रत्येक बिद्यालयमा विद्यार्थी संख्या, दुई विद्यालय वीचको दुरी, शिक्षक संख्या जस्ता कुरालाई आधार वनाएर विद्यालय मर्ज गर्न लागिएको हो । कक्षा १ देखी ३, १ देखी ५ र १ देखी ८ सम्म सञ्चालित विद्यालयहरुमा मर्ज गर्ने अभियान शुरु गरिएको जिल्ला श्क्षिा कार्यालय सल्यानले जानकारी दिएको छ ।
जिल्लाका १० देखि १२ वटा सामुदायिक विद्यालय मर्ज गर्न लागिएको जिल्ला शिक्षा अधिकारी बरखु प्रशाद रजकले जानकारी दिए । उनले भने, ‘ विद्यालय मर्जको लागि अहिले स्रोत व्यक्तिहरुलाई परिचालन गरेर विवरण संकलन गर्ने काम भैइरहेको छ ।’
सरकारले शिक्षा सम्बन्धी नयाँ ऐन निर्माण गर्न लागेकाले सोही ऐन अनुसार विद्यालय मर्जको अभियानलाई तिब्रता दिईने उनको भनाई छ ।
सरकारले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारका लागि कम विद्यार्थी संख्या भएका, कम दुरीमा रहेका विद्यालय एकआपसमा गाभ्ने नीति अख्तियार गदैँ आएको छ । जिल्ला शिक्षा अधिकारी रजकले सल्यानमा विद्यालयको सख्या आबश्यकताको अनुपातमा बढी रहेकोले विद्यालयहरुलाई गाभ्ने, सार्ने र बन्द गर्नेतर्फ कार्यालयले योजना वनाएको बताए ।
जिल्लाका स्रोतकेन्द्रहरुले दिएको प्रतिबेदनको आधारमा ५० जना विद्यार्थी नभएका ५ कक्षासम्म चलेका, ३० जना विद्यार्थी नभएका कक्षा ३ सम्म चलेका विद्यालय मर्ज गरिने बताईएको छ ।
आधा घन्टा भन्दा कम दुरीमा रहेका र प्रयाप्त शिक्षक दरबन्दी नभएका विद्यालयहरु नजिकको विद्यालय सगँ तत्काल मर्ज गरेर संचालन गर्दा शैक्षिक गुणस्तरमा सुधार आउने जिल्ला शिक्षा कार्यालय सल्यानको दावी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म