सल्यानमा पाठ्यपुस्तकको अझैं अभाव
सल्यान–सल्यानका सयौं विद्यार्थीहरुले पाठ्यपुस्तक विनानै पहिलो त्रैमासिक परीक्षा दिएका छन् । पहिलो त्रैमासिक भैसक्दा समेत विद्यालयमा पाठ्यपुस्तक नपुग्दा सल्यानका सयौं विद्यार्थी पाठ्यपुस्तक विनै परीक्षा दिन बाध्य भएका हुन् ।
जिल्लाका थारमारे, दार्माकोट, ढाकाडाम, भल्चौर जिमाली, मर्मपरिकाँडा, मार्के, लगायतका दर्जन भन्दा बढि विद्यालयमा पाठ्यपुस्तकको अभाव भएको हो । पुस्तक व्यवसायीहरुलाई पाठ्यपुस्तक खरिदका लागि रकम समेत उपलब्ध गराई सकेपनि हालसम्म पाठ्यपुस्तक पाउन नसकेको विद्यालय प्रशासनले गुनासो गरेका छन् । समयमै पाठ्यपुस्तक विद्यालयमा पु¥याउन फागुनमै रकम निकासा गरी सकेको र सम्बन्धीत विद्यालयले पहल नगरेका कारण पाठ्यपुस्तकको अभाव भएको जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजकले जानकारी दिए । दर्माकोटमा रहेको श्री निम्न माध्यमिक विद्यालय भुवनटाकुरीका लेखापाल देवेन्द्र बोहराका अनुसार थारमारे डिपोलाई रकम दिई सकेको भएपनि उक्त डिपोले अहिलेसम्म पुस्तक उपलब्ध गराउन नसकेको छैन । डिपोहरुको सिन्डिकेटका कारण अहिलेसम्म विद्यार्थीहरुले पुस्तक पाउन नसकेको श्री जनकल्याण उच्च माध्यमिक विद्यालयका प्रार्चाय पूर्ण बहादुर भण्डारीले बताए ।
पाठ्यपुस्तकको अभावका कारण विद्यालयमा सरले पढाएको भर परीक्षा दिन बाध्य भएको एक विद्यार्थी सुस्मीता केसीले बताइन् ।
उता पुस्तक व्यवसायीहरुले भने नेपालगञ्ज स्थित साझा प्रकाशनले नै पुस्तक दिन नमानेको बताएका छन् । पटक पटक पुस्तक लिनका लागि नेपालगञ्ज जाने गरेको भएपनि साझा प्रकाशनले रित्तो हात फर्काउने गरेको एक पुस्तक व्यवसायी प्रकाश शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म