कुनैपनि शक्तिले निरंकुशता लाद्न सक्दैन : नेता श्रेष्ठ
सिरहा । अब कुनैपनि शक्तिले लोकतन्त्रको अपहरण गरेर निरंकुशता लाद्न नसक्ने नेकपा माओवादी केन्द्रका नेता नारायणजी श्रेष्ठले बताएको छ । सिरहाको गोबलाजार नगरपालीकाको प्रथम नगर परिषद्को उद्घाटन गर्दै नेता श्रेष्ठले तीनै तहको निर्वाचनपछि अव लोकतान्त्रको अभ्यास तल्लो तहसम्म पुगिसकेकोले अब यसलाई दुनियाँको कुनै शक्तिले दवाएर निरंकुशता लाद्न नसक्ने जिकिर गरे ।
नेता श्रेष्ठले लोकतन्त्रको अभ्यासगर्ने सबैभन्दा तल्लो निकाय स्थानीय तहको निर्वाचनपछि गाउँ गाउँका जनताले लोकतन्त्रको अभ्यास गर्न पाएकाले यसलाई कसैले खोस्न नसक्ने बताए ।
उद्घाटन मन्तव्यकै क्रममा उनले तत्कलको लागि राजनीतिक आन्दोलनको एउटा अध्याय पूरा भएको भन्दै अब विकास र समृद्धिको मुद्दालाई अगाडी बढाउनु पर्ने बताए । यसको लागि संघियता कार्यान्वनले ढोका खोलेको उनले जनाए । उनले भने, ‘स्थानीय तहले निति निर्माण देखि कतिपय कानुनि अधिकारसमेत प्राप्त गरेकोछ, यसको उचित अभ्यासले मुलुक चाँडो समृद्धिको दिशातर्फ बढ्ने निश्चित छ ।’
सोही क्रममा नेता श्रेष्ठले देश विकासको सम्भावनासँगै यसको गतल प्रयोग भयोभने संघियता नै धरापमा पर्ने सम्भावनापनि उत्तिकै रहेको तर्फ सजग गराए । उनले भने, ‘स्थानीय तहमा निहित अधिकार र शक्तिको दुरुपयोग भएको खण्डमा संघीयता नै धरामपमा पर्ने निश्चित छ, त्यसैले विकासको लागि शुशासन मुख्य आधार हुनुपर्छ ।’
मन्तव्यकै क्रममा नेता श्रेष्ठले फागुन महिनामा बाम गठवन्धनको सरकार बन्ने समेत जनाए । फागनुभित्रमा बाम सरकार बन्छ, त्यसले पाँच वर्षसम्म ढुक्कका साथ सरकार पनि चलाउँछ, भन्दै उनले भने, ‘बाम सरकार गठन पछि भ्रष्टचार नियन्त्रण गरेर देश विकासलाई जोड दिन्छौं ।’
अवको पाँच वर्षमा देशलाई सुशासन र विकासको दिशा दिने र अर्को पाँच वर्षमा देशलाई विकसित देशहरुको हाराहारीमा पुर्याउने समेत बताए । उनले बाम सरकारको मुख्य एजेण्डा नै राष्ट्रियताको जगेर्ना गर्दै देश विकासमा जोड दिने योजना रहेको जनाए ।
नगरसभा उद्घाटन कार्यक्रममा नेकपा माओवादीका नेता तथा पूर्व मन्त्री विश्वनाथ साह, प्रदेश सासंदहरु रामकुमार यादव, जगत यादव लगाएतले गोलबजार नगारपालीकाको नगरसभाले राम्रा कामहरुको योजना बनाउने र नगर विकासका महत्वपूर्ण कामहरु गर्नुपर्नेमा जोड दिए ।
कृषि, शिक्षा र स्वास्थ्यमा लगानी गर्न विशेष जोड दिदै उनीहरुले त्यसको लाग आफ्नोपनि साथ सहयोग रहने रहने जनाए । नगरसभाको उद्घाटन कार्याक्रम नगर प्रमुख देवनाथ यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
सीटीईभीटी तालाबन्दी निषेध क्षेत्र घोषणा