बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

उपत्यकामा चोरको नयाँँ धन्दाः बिहानीपख फनिर्चरबाट काठ गायब

बिहीबार, ११ माघ २०७४, १८ : ४५
बिहीबार, ११ माघ २०७४

भक्तपुर । गत पुस २२ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–४ हर्षचोक स्थित फर्निचरबाट काठ चोरी गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले एक सवारी साधनलाई नियन्त्रणमा लियो । 

बिहान ३ बजेतिरको समयमा सुनसान अवस्था प्रहरीले शंका लागि बा.६ च १५४८ नम्बरको चालक सोनम दोङलाई अनुसन्धन गर्दा निजले काठ चोरी गरेर ल्याएको स्वीकार गरेका हुन् । 

प्रहरीले अनुसन्धानको क्रममा उक्त काठ सोही स्थानमा रहेको सार्थक काष्ठ उद्योगबाट चोरी भएको पत्ता लागेको छ । 

महानगरीय प्रहरी वृत्त थिमीले अनुसन्धानको गर्दै जाँदा उक्त काठ चोरीमा एक जना मात्र नभएर अन्य ६ जना समेत संलग्न रहेको खुल्न खाएको हो  ।

प्रहरीको केही दिनको विशेष अनुसन्धानमा यो गिरोहमा रहेका सबैजना पक्राउ परेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी कृष्ण प्रसाइले जानकारी दिएका छन् । 

काठ चोरीमा सक्रिय गिरोहले मलेशिया, इन्डोनेशिया, चीन, भारत लगायतका मुलुकबाट नेपालमा आयात गरिएका उच्च गुणस्तरका महङ्गो मुल्य पर्ने काठ चोरी गर्ने गरेको खुलासा भएको छ । उनीहरुले चोरी गरेको काठबाट विभिन्न सामाग्री बनाई बिक्री गर्ने गर्दर्थे । 

प्रहरी उक्त कार्यमा संग्लन मकवानपुर थाहा नगरपालिका–२ का सोनम दोङ, मकवानपुर इन्द्रसरोवर गाउँपालिका ५ का सुमन स्याङतन, नुवाकोट ककनी गाउँपालिका घर भई हाल काठमाडौं बालाजुमा फर्निचर व्यवसाय गर्दै आएका श्याम गुरुङ्गलाई पक्राउ गरेको छ । 

त्यसैगरि नुवाकोट शिवपुरी गाउँपालिका ५ का हरि बहादुर लामा, साही स्थानको राजकुमार भन्ने श्याम बहादुर तामाङ्ग, मवकानवुर थाहा नगरपालिका ५ को सानु भन्ने सना मोत्तान र सोही स्थानको सोमलाल बललाई पनि पक्राउ गरेको छ ।

यी मध्ये कोही काठ चोरी गर्ने, कोही सामाग्री तयार गर्ने र केही भने तयार भएको सामाग्री बिक्रि गर्न ग्राहक खोज्ने काम गर्ने गरेको प्रहरीले जनाएको छ । 

महानगरिय प्रहरी परिसर भक्तपुरको अनुसार उनीहरुले भक्तपुरमा चार स्थान र अन्यत्र तीन स्थानबाट चोरी गरेको ३ सय ९३ थान काठ प्रहरीले बरामद गरेको छ । 

सो काठ काठबाट बनेको ११ थान खापा र खापाको ढोका ४ समेत काठमाडौँको बालाजु पैयुटार र टोखाबाट बरामद गरेको जानकारी दिएको छ । 

उक्त काठको मूल्य करिब १२ लाख रुपैंया रहेको प्रहरीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप