दक्ष जनशक्तिका लागि गुणस्तरिय शिक्षामा लगानी बढाउन आवश्यक
शनिबार, २९ साउन २०७३, १० : ५४
डोटी–दक्ष जनशक्ती उत्पादनका लागि शिक्षामा लगानी बढाउन आबश्यक रहेको युवाहरुले जोड दिएका छन् । अन्तराष्ट्रिय युवा दिवस २०१६ को अबसरमा आयोजित कार्यक्रममा सहभागी युवाहरुले सरकारले गुणस्तरिय शिक्षामा लगानी गर्नु पर्ने माग गरेका छन् ।
दिपायल सिलगढी नगरपालिका –१ का गोबिन्द कामीले भने ‘ शैक्षिक प्रमाणपत्र राखेर सरकारले कहिले देखी ऋण दिन्छ हामी प्रखाईमा छौ, बिपन्न ब्यक्तीहरुसंग पढ्ने क्षमता भए पनि आर्थिक हुन्न त्यसैले हामी पढ्न सक्दैनौँ, जब शिक्षामा लगानी गर्न सक्दैनौँ तब गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दनौ ।’
दक्ष जनशक्ती नहुन्जेल प्रतिश्प्रर्धात्म बजारमा अघाडी आउन नसक्ने युवाहरुले धारणा ब्यक्त गरेका थिए । युवा देश निमार्णका लागी कोषे ढुङ्गा भएकाले नितीहरुको सहयोग आबश्य रहेको निमित्त डोटी क्याम्स प्रमुख हर्कबहादुर कलेलले बताए । उनले भने ‘ जवसम्म देशमा युवा जनशक्ती राष्ट्र निर्माणमा जुट्दैन तबसम्म कुनै पनि राष्ट्रको बिकास हुन सक्दैन ।’
सम बिकास केन्द्र नेपालको शिक्षा परियोजनाको सहयोगमा डोटी क्याम्सले अन्तराष्ट्रिय युवा दिबस कार्यक्रमको आयोजना गरेको थियो । ‘गरीव उन्मुलनमा युवा प्रतिवद्धता, उत्पादन र उपभोगमा आत्म निर्भरता’ भन्ने मुलनाराका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।
गुणस्तरिय शिक्षा प्राप्त गरे मात्र बिश्वका जुन सुकै ठाउँमा युवाहरु रोगजागरीका लागी बिक्न सक्ने सम बिकास केन्द्र नेपालका शिक्षा परियोजनाका कार्यक्रम संयोजक अधिराज बिसीले बताए । नेपाल सरकारले संयुक्त राष्ट्रसंघमा शिक्षामा २० प्रतिशत लगानी गर्ने प्रतिबद्धता ब्यक्त गरेको भए पनि सरकारले आर्थिक बर्ष ०७३÷७४का लागी प्रस्ताब गरेको बजेटमा ११ प्रतिशत मात्रै रहेको भन्दै सहभागीले सरकार शिक्षा क्षेत्रमा लगानी बढाउनेमा उदाशिन रहेको आरोप लगाएका थिए ।
अहिलेका युवाहरुले सामाजिक सञ्जालमा समय विताइ रहेकाले त्यो समय सदुपयोग गरी विकासे काम गर्नु तिर लाग्नु पर्ने आजको आवश्यकता रहेको कार्यक्रममा बोल्ने अधिकांस ब्यक्ताहरुले बताएका थिए । साथै विदेशमा गईरहेको दक्ष युवा जनशक्ति लाई स्वदेशमै रोजगारीको सिर्जना गरी देश निर्माणमा जोड दिन सरकार संग आग्रह गरेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म