आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

सलमान खानको ‘ब्राण्ड’ विक्रेता राजु क्षेत्री प्रहरी फन्दामा

बिहीबार, ११ माघ २०७४, ०७ : ५४
बिहीबार, ११ माघ २०७४

काठमाडौं - बलिउड अभिनेता सलमान खानको परोपकारी ब्राण्ड ‘बिइङ ह्युमेन’ नामक फेन्सी उत्पादनको नेपालका लागी आधिकारीक विक्रेता राजु थापा क्षेत्री पक्राउ परेका छन् । काठमाडौंको दरबारमार्गमा ‘बिइङ ह्युमेन क्लोथिङ स्टोर’ सञ्चालन गर्दै आएका क्षेत्रीले नेपाली बजारमा निकै महँगो मानिने ‘बिइङ ह्युमेन’ ब्राण्ड विक्री गर्र्दै आएका थिए । 

बाग्लुङ स्थायी घर भएका क्षेत्रीलाई बुधवार काठमाडौंको दरबारमार्गबाट नियन्त्रणमा लिईएको महानगरीय अपराध महाशाखाका डिएसपी मनोहर भट्टले बताए । उनले भने, ‘चेक बाउन्सको जाहेरी परेपछी नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं ।’ 

महानगरीय अपराध महाशाखामा कार्यरत एक प्रहरी निरीक्षकका अनुसार क्षेत्री बिरुद्ध उजुरी गर्न पुगेका ३ जना मध्ये एकजनाले मात्र १५ लाखको चेक बाउन्स भएको उजुरी दिएका थिए । 
नेपाल प्रहरीका उच्च तहका अफिसरहरुसँग राम्रै हिमचिम भएका क्षेत्रीले बलिउड अभिनेता खानको ब्राण्ड ‘बिइङ ह्युमेन’मा लगानी गर्न भन्दै अन्य दुई जनाबाट करिब ३ करोड उठाएर ठगी गरेको प्रहरी स्रोतको भनाई छ । तर, पहिलो चरणमा १५ लाखको मात्र उजुरी परेपछी प्रहरीले उनलाई नियन्त्रणमा लिएर बैंकीङ कसुर मुद्धामा अनुसन्धान अगाडी बढाएको छ ।  

राजधानीको सामाखुसीमा आलिसान महल बनाएका क्षेत्रीले एनआरएनका एक उपाध्यक्षलाई समेत ‘बिइङ ह्युमेन क्लोथिङ स्टोर’को पार्टनर बनाएका थिए । ति एनआरएन उपाध्यक्षले अहिले क्षेत्रीसँगको पार्टनरसिप छाडीसकेका छन् । 
पछिल्लो समय क्षेत्रिले नेपालमा बलिउड अभिनेता सलमान खान ल्याउने तयारी गरिरहेको बताईएको छ । उनले सामाजिक सञ्जालमा बलिउड अभिनेता खान सँगको फोटो पोष्ट गरेका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप