शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सल्यानका २ सय २७ विद्यालयको खाता रोक्का

बिहीबार, २० साउन २०७३, १५ : ०४
बिहीबार, २० साउन २०७३

सल्यान– जिल्ला शिक्षा कार्यालय सल्यानले जिल्लाका २ सय २७ विद्यालयको खाता रोक्का गरेको छ । समयमै भौतिक पुर्वाधारका काम सम्पन्न नगरेको भन्दै खाता रोक्का गरेको जिल्ला शिक्षा कार्यालय सल्यानले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७२­२०७३मा सम्झौता गरिएको विद्यालयहरुरुले असार मसान्तसम्म पनि काम सम्पन्न गरेको प्रतिवेदन नबुझाए पछि उनीहरुको खाता रोेक्का गरिएको कार्यालयका लेखा अधिकृत तोरणप्रसाद घिमिरेले जानकारी दिए ।

उनले भने– ‘हामीले असार ३० गतेसम्म सम्झौता अनुसारको भौतिक निमार्ण सम्पन्न गरी निकासा लैजान आग्रह गरेका थियौ, तर धेरै विद्यालयले समयमै काम सम्पन्न गर्न सक्नु भएन र अख्तियारको निगरानीबाट मुक्ति पाउन खाता रोक्का गर्न पुगेको हौं ।’

समयमै योजना सम्पन्न गर्न नसकेका विद्यालयको खातामा पैसा राखिदिने र वैठकमा रोक्का गरिने गरेको उनले बताए । योजना सम्पन्न भएका विदालयले सम्पन्न भएको प्रतिवेदन कार्यालयमा बुझाएमा बैंकमा रोक्का खाता खोलिने बताए ।

२ सय २७ विद्यालयको १२ करोड ४२ लाख ९० हजार रुपैया रोक्का भएको उहाँले बताउनु भयो । २ सय ९७ विद्यालयमा ३ सय ९७ कार्यक्रम सञ्चालन गरिएकोमा ७० विद्यालयको खाता फुक्का गरिएको छ । सल्यानमा गएको आर्थिक वर्षमा २५ करोड ८० लाख भौतिक पुर्वाधार निमार्णमा बजेट आएको लेखा अधिकृत घिमिरेको भनाई रहेको छ ।

जिल्लामा ४ कोठे क्रमागत विज्ञान भवन निमार्ण १४, छात्रा शौचालय १४, भुकम्पबाट सामान्य क्षति मर्मत, १ सय १९, भुकम्प अधिक क्षति ४७, २ कोठे भवन ९९, ३ कोठे भवन १८, ४ कोठे १४, ६ कोठे भवन ४, वास सहितको सुविधायुक्त शौचालय ३४, खानेपानी ४, विद्यालय मर्मत ११ र शौचालय सहितको खानेपानी मर्मत १४ गरी ३ सय ९७ कार्यक्रम सञ्चालन भएका थिए ।

दुई आर्थिक वर्षसम्म पनि भौतिक पूर्वाधारको योजना सम्पन्न भएको प्रतिवेदन बुझाउन असफल प्रभाकर उमावि देवस्थलका शिक्षकको समेत तलब रोक्का गरिएको घिमिरेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप