शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वाधार अभावमा क्याम्पस भवन सञ्चालनमा आउन सकेन

बुधबार, १२ साउन २०७३, १३ : ०३
बुधबार, १२ साउन २०७३

डोल्पा  –डोल्पाको लिकु गाविसस्थित वडा नं ४ रहेको लिकू संयुक्त क्याम्पसको दुई कोठे भवन निर्माण भएको दुई बर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । शान्ति मन्त्रालयको २५ लाख अनुदानमा निर्माण भएको यस भवन प्रशासन भवन,बिद्यार्थी आवास गृह, खानेपानी,घेरावार,शौचालय लगायतका पुर्वाधारको अभावमा संञ्चालनमा आउन नसकेको प्राचार्य याम प्रसाद शर्माले बताए । २०६९ सालमा स्थापना गरिएको यस क्याम्पसमा बि.एड प्रथम,द्धितीय र तृतीय खण्ड गरेर पचास जना भन्दा धेरै बिद्यार्थी रहेको र उनीहरुलाई उमाविको भवनमा अध्यापन गराउने व्यबस्था मिलाईएको शर्माले बताए । त्रिभुवन विश्वबिद्यालय बाट संम्बन्धन प्राप्त यस क्याम्पसमा मुल बिषयमको रुपमा नेपाली,अंग्रजी र गणित अध्यापन गराइने बताईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप