कांग्रेस सांसाद्ले नम्बाङलाई ‘ग्याङको नेता’ भनेपछि हंगामा
मङ्गलबार, ११ साउन २०७३, १६ : ०३
काठमाडौँ - व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेशमाथि छलफलमा बोल्ने क्रममा नेपाली काँग्रेसका सुरेन्द्रप्रसाद चौधरीले अशिष्ट भाषा प्रयोग गरेपछि सभामुख ओनसरी घर्तीले उनको त्यस भनाईलाई अभिलेखबाट हटाउन निर्देशन दिएका छन् ।
सांसद चौधरीले एमालेका उपनेता सुवास नेम्वाङलाई ‘ग्याङको नेता’ भनी सम्बोधन गरेपछि एमालेका सांसदले उठेर नियमापत्ति गरेका थिए । त्यसपछि सभामुखसँग समय लिई एमालेका कृष्णभक्त पोखरेलले चौधरीले अमर्यादित भाषा प्रयोग गरेको भनी आलोचना गरेका थिए ।
त्यसपछि सभामुख घर्तीले सबै सदस्यलाई शिष्ट र मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिएकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरीमा संलग्न पक्राउ
-
‘नेपालमा दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम’
-
बेलायत र भारतले सुरु गरे व्यापार वार्ता
-
परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
-
‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
-
‘वित्तीय सङ्घीयता’ शीर्षकमा ल्याएको भनिएको रकमबारे प्रस्ट पार्न सरकारसँग माग