ढुङ्गा र पहिरो झरेपछि फिदिम–राँके सडकखण्ड अवरुद्ध
मङ्गलबार, ११ साउन २०७३, १४ : ००
पाँचथर - निरन्तरको वर्षाले सडकमाथिबाट ढुङ्गा र पहिरो झरेपछि मेची राजमार्ग अन्तर्गत फिदिम–राँके सडकखण्डको फिदिम–२ स्थित साम्दिनमा गए रातिदेखि सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा अहिले दर्जनौँ सवारी साधन रोकिएका छन् । अहिले सडक खुलाउन नेपाली सेना र सशस्त्र प्रहरी लागिपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडकमा रहेको ढुङ्गा पन्छाउन लोडर चाहिने र लोडर ल्याएर ढुङ्गा पन्छाउँदा आज दिनभर बाटो अवरुद्ध हुन सक्ने जिप्रका पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
यस्तै सरदमुकाम फिदिम–१ स्थित शिवालय मन्दिर छेउबाट पहिरो खस्दा कञ्चनजङ्घा एकेडेमी उमावि तथा त्यहाँ रहेका दुई घर जोखिममा परेका छन् ।
यसैबीच स्थानीयवासी टेकनाथ बाँस्कोटाको सेफ्टी ट्यांकी र शौचालय पहिराले बगाएको छ । यस्तै उनको घर र जय नेम्वाङको घर पहिराको उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् । नेम्वाङका घरमा डेरा गरी बस्ने सन्तकुमार थापाले पालेका दुई खसी पहिराबाट पुरिँदा मरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भियतनाममा पनि पोखराकै जस्तो बेलुन विस्फोट, जन्मदिन मनाउँदा भयो यस्तो घटना
-
‘आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा’
-
देउवाद्वारा सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत
-
भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण टोली प्रतिनिधि प्रधानमन्त्री भेट्न बालुवाटारमा
-
पूर्वराजा ज्ञानेन्द्रलाई वर्षमानको चेतावनी : तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
-
परराष्ट्रमन्त्री देउवा र अजरबैजानका विदेश राज्यमन्त्रीबिच भेटवार्ता