काठमाडौँ विश्वविद्यालयमा अख्तियारले हस्तक्षेप गरेको आरोपको छानविन गर्न उपसमिति गठन
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डौ विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरेको भन्ने विषयमा छानविन गर्न संसदको सुशासन समितिले उपसमिति गठन गरेको छ । पाँच सदस्यीय उपसमितिमा उदय नेपाली श्रेष्ठ, जनकराज जोशी, नरसिँह चौधरी, पद्म नारायण चौधरी र मिलन कुमारी राजवंशी रहेका छन् ।
समितिले १० दिन भित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन सार्वजनिक गर्ने सुशासन समितिका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । काठमाण्डौ विश्वविद्यालयले एमडी, एमएस र एमडिएसको परीक्षामा हस्तक्षेप गरेको आरोप लागेपछि सुशासन समितिले अख्तियारका अधिकारीहरुलाई बोलाएर मंगलबार छलफल गरेको हो ।
अघिल्लो बैठकमा समितिले काठमाण्डौ विश्वविद्यालयका पदाधिकारीलाई बोलाएर छलफल गरेको थियो । दुवै तर्फको कुरा सुन्दा विरोधाभाषपूर्ण भएको भन्दै साँसदहरुले उपसमिति गठन गरेर छानविन गर्नुपर्ने माग राखेका थिए ।
बैठकमा जवाफ दिन पुगेका अख्तियार सचिव शान्तराज सु्वेदीले कानुनी रुपमा स्थापना भएका सबै निकाय स्वायत्त हुने तर सिमा भन्दा बाहिर गएको हेर्नका लागि अख्यिारलाई संविधान र कानुनले अधिकार दिएकोले छानविन गरेको बताए । ‘अन्य सम्पूर्ण विश्वविद्यालय छानविनको दायरामा छन् । छानविन भैरहेका छन् । अदालतमा मुद्दा पनि गएका छन्,’ उनले भने ‘भ्रष्टाचार भएको हो कि होइन भन्ने जान्नका लागि नै छानविन भएको हो , अख्तियार प्राज्ञिक मर्यादाको सम्मान गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा राठौर र साउदले गुट परिवर्तन गरेका हुन् ?
-
स्कुटर चोरीमा संलग्न पक्राउ
-
‘नेपालमा दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम’
-
बेलायत र भारतले सुरु गरे व्यापार वार्ता
-
परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
-
‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत