उपेन्द्रको दस्तावेजमा राजेन्द्रको आलोचना
काठमाडौं – उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपाल अझै राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीप्रति कठोर देखिएको छ ।
दुई दिनसम्म चलेको फोरम नेपालको केन्द्रीय समितिको बैठकमा पेस भएको राजनीतिक प्रतिवेदनमा राजेन्द्र महतोप्रति कडा टिप्पणी गरिएको छ ।
‘आन्दोलन सफल नभएसम्म काठमाडौ नजाने पार्टीबाट निर्णय गराएका महतो नाकाबन्दी चलिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेपछि आन्दोलन छाडेर काठमाडौंको एयरपोर्टबाटै बालुवाटार छिरेको,’ प्रतिवेदनमा उल्लेख छ ।
समयक्रमसँगै आन्दोलनको स्वरुप परिवर्तन कुरा थियो तर सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले निर्णय हुनु पूर्वनै आन्दोलनहरु फिर्ता भएको कुरा बाहिर ल्याएको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, ‘त्यसको कारणले आइन्दा यस्तो नगर्नु भनि सचेत गराईयो तर अझै राजेन्द्र महतो सचेत भएको देखिएको छैन ।’
पार्टीमा होलटाइमर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीमा पूर्णकालिन (होलटाइमर) कार्यकर्ताका व्यवस्था गर्ने भएका छन् ।
फोरम नेपालको दुई दिनसम्म चलेको बैठकले यस्तो निर्णय गरेको हो । एक जिल्लामा पाँचजना पूर्णकालिन कार्यकर्ता प्रावधान ल्याउन लागेका छन् ।
जिल्ला अध्यक्ष, जिल्ला इन्चार्ज तथा थप तीनजना गरि पाँचजना तथा प्रदेश इन्चार्ज गरी तीनजना पूर्णकालिन कार्यकर्ता राख्ने निर्णय भएको छ । पूर्णकालिन कार्यकर्ताका लागि पार्टीले दैनिक गुजाराको व्यवस्था गर्ने तर के कति गर्ने विषय अझै टुगों नलागेको पार्टीका एक जना नेताले रातोपाटीलाई बताए ।
‘पूर्णकालिन कार्यकर्ता बनाउने निर्णय भइसकेको छ, र त्यसको व्यवस्थान कसरी गर्ने विषयमा नीति नै बनाएर टुगों लगाउने पनि छलफल भएको पार्टी स्रोतले जनाएको छ । हुनतः पार्टीमा शुरुदेखि नै पूर्णकालिन कार्यकताहरु छन्, तर त्यसको उचित व्यवस्थापन भएको थिएन, अब नीति नै बनाएर पूर्णकालिन कार्यकर्ताको व्यवस्था गर्न लागिएको बताइएको छ ।
पार्टी कार्यसमितिमा रहेका नेताहरुले आफूले गरेका कार्यहरुको प्रगति विवरण प्रत्येक महिना पार्टी केन्द्रीय कार्यालयमा बुझाउन पार्टीले निर्देशन दिएको छ । पार्टीका एक नेता अनुसार संगठनलाई गतिशील गराउने उद्देश्यले यो निर्णय भएको हो । ‘महिनाभरि नेताहरुले तोकिएका आआफ्ना कार्यक्षेत्रमा के के गर्नुहुन्छ ती सबैको रिर्पोट पार्टीलाई बुझाउनु पर्छ,’ ती नेताले बताए ।
साथै पार्टीका नेता तथा कार्यकर्ताले कहीँ कुनै कार्यक्रम तथा अरुको कार्यक्षेत्रमा जाँदा पार्टीलाई जानकारी गराएर जानुपर्ने पनि पार्टीले निर्देशन दिएको छ । एउटा क्षेत्रका नेता अर्काको कार्यक्षेत्रमा गएर हस्तक्षेप गरि कार्य गरेको कारण कतिपय ठाउँमा विवाद उत्पन्न भएको कुरालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको बताइएको छ । अब एउटा नेता अर्काको कार्यक्षेत्रमा गएर हस्तक्षेप गर्न पाउनेछैन, जानै पर्ने भएपनि पार्टीले अनुमति दिए मात्र जान पाउनेछ ।
केन्द्रीय समितिको बैठक हिजो सकिएको छ । केन्द्रीय समितिले गरेका निर्णयहरुलाई भोली बस्ने केन्द्रीय परिषद्को बैठकले पारित गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’