प्रधानमन्त्रीको गृहजिल्ला झापा डुबानमा
भद्रपुर - अविरल वर्षाका कारण भद्रपुर नगरपालिका वडा नं ५ का १२५ घरपरिवार डुबानमा परेका छन् । जोखिममा परेका ती घरपरिवारको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आज बिहानैदेखि उद्धार कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मेची नदीमा आएको बाढीले भद्रपुर नगरपालिकाको वडा नं ५ का बस्ती डुबानमा परेपछि उद्धार कार्य भइरहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।
अविरल वर्षाका कारण बिर्तामोडको अदुवा खोलामा आएको बाढीले अधिकांश भूभाग डुबानमा परेको, बिर्ताबजारको मूल सडकमा पानीको बहाव बढ्न गई सवारी अवागमन बन्द भएको, गरामनी पनि डुबानमा परेको, देउनीय खोलाको मासतिर हर्चाना पुल खतरामा परी बिर्तामोड र भद्रपुर ओहोरदोहोर गर्ने सवारी साधन बन्द भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।
झापाका कनकाई, विरिङ, हडिया, कमल र मेचीजस्ता ठूला नदीमा पानीको सतह बढ्दै गई धेरै मानव बस्ती डुबानमा पर्न सक्ने खतरा बढेको प्रहरीको भनाइ छ ।
यसैगरी, चारआलीदेखि चन्द्रगढीसम्मको चारआली सडकखण्डको धनुष मोड, बिपी चोक र सदरमुकामस्थित सडक वर्षाको पानी जम्न गई सवारी आवागमनमा बाधा पुगेको छ ।
वर्षाका कारण नदीमा आएको बाढीले मानवीय तथा भौतिक क्षति नभएको सूचना आएको तर खत्तरामुक्त अवस्था नरहेको प्रहरी नायब उपरीक्षक शर्माको भनाइ छ ।
वर्षाका कारण सदरमुकामस्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय, कृषि विकास बैंक, राष्ट्रिय समाचार समितिको कार्यालयको प्राङ्गणमा पानी जमेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन