ताप्लेजुङमा छ घरपरिवार पहिराका बीचमा फँसे
ताप्लेजुङ - विकट गाविस तापेथोक–८ को सोत्लीमा बस्तीका छ घरपरिवार पहिराका बीचमा परेका छन् ।
वर्षासँगै शनिबार बिहान बस्तीको दुवैतर्फका भागमा पहिरो झरेको र पहिरो झरेदेखि नै सो क्षेत्र सम्पर्कविहीन बनेको लेलेप निवासी ग्याबु शेर्पाले बताए ।
टेलिफोनमा कुरा गर्दै उनले लेलेप गाविसबाट हेर्दा सो बस्तीबाट ती परिवार पहिरो छिचोलेर वारिपारि जान सक्ने अवस्था नरहेको बताए । सो क्षेत्र जाने बाटो र लेलेप हुँदै घुन्सा जाने बाटाामा रहेको पुलमा समेत पहिराले अवरोध पु¥याएको छ ।
खोला किनारै किनार भएर पुग्न सकिने भए पनि पहिरो र बाढीले गर्दा आसपास क्षेत्रबाट समेत जान कठिनाइ भएको बताइएको छ । पहिरो गएको भन्ने खबर पाएपछि शनिबार नै प्रहरीको टोली घटनास्थलतर्फ गए पनि पहिरोका कारण घटनास्थल पुग्न नसकी बीच बाटादेखि नै फर्किएको छ । आज बिहान आसपासका क्षेत्रका स्थानीयवासीसहित लेलेप र तापेथोक प्रहरी चौकीबाट पुनः प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ तर आज गएको टोलीसँग सम्पर्क भएको छैन ।
सो क्षेत्र सञ्चारको पहुँचबाट टाढा रहेकाले गएको टोलीसँग सञ्चार सम्पर्क हुन नसकेको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । त्यस बस्तीमा छ परिवारका २१ जना बस्ने गरेको बताइएको छ । त्यस क्षेत्रमा लेलेपको लावाजिनबाट गएका स्थानीयवासी र आज गएको प्रहरी पुगेर नफर्किएसम्म गाउँको अवस्था बुझ्न सक्ने अवस्था नरहेको बताइएको छ । आज गएका स्थानीयवासी र प्रहरीको टोली पुग्न सके नसकेको भन्ने कुनै टुङ्गो छैन ।
हिजैमात्र त्यस क्षेत्रमा लेलेपबाट गएका आफन्तसमेत सम्पर्कविहीन बनेको लेलेप निवासी पूर्ण राईले जानकारी दिए । राईका अनुसार शनिबार बिहान पहिरो झरेदेखि नै स्थानीयवासी २८ वर्षीया मनिता राई बेपत्ता भएको र अहिलेसम्म उनी फेला परेको÷नपरेको भन्ने जानकारी हुन सकेको छैन । यता राई बेपत्ता भएको भन्ने कुरा प्रशासनले पुष्टि गरेको छैन । राई पहिरो झरेपछि पहिरोबाट बच्नका लागि भाग्ने क्रममा बेपत्ता भएको जनाइएको छ ।
विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रजिअ चक्रपाणि पाण्डेले त्यस क्षेत्रमा जाँदै गरेका प्रहरीद्वारा हुने जानकारीको पर्खाइमा आफू रहेको र अहिलेसम्म पहिरो झरेको स्थानीयवासीको भनाइबाहेक वास्तविक अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको बताए । पहिरो गएको क्षेत्र सदरमुकामबाट झन्डै एक दिनको पैदल दूरीमा रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी