शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सामुदायिक विद्यालयले बोर्डिङलाई चुनौती दिनेगरी पठनपाठन सञ्चालन गर्नुपर्ने

बुधबार, २९ असार २०७३, ११ : ०४
बुधबार, २९ असार २०७३

गुल्मी– गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा माध्यामिक विद्यालयका पुुर्व विद्यार्थीहरुले नीजि विद्यालयलाई चुनौती दिन गरी अगाडी बढ्न विद्यालय परिवारलाई आग्रह गरेका छन् । त्यस विद्यालयमा अध्ययन गरी अमेरिका , जापान लगायतका विकासित मुलुकमा रहेका र स्वदेशमा पनि सरकारी निकायका विभिन्न पदमा रहेका व्यक्तिहरुले बुधबार विद्यालयका विपन्न विद्यार्थीहरुलाई पोसाक हस्तान्तरण गर्दै यस्तो आग्रह गरेका हुन् । हस्तान्तरण गर्दै त्यस विद्यालयका प्रधानध्यापक प्रेमनारायण भण्डारीले पुर्व विद्यार्थीहरुले आफुहरुलाई थप हौसला प्रधान गरेको प्रति धन्यबाद ज्ञपान गरेका थिए । प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्थानिय विकास अधिकारी डिलाराम पन्थी, जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाल लगायतका सरकारी निकायका प्रमुख र विभिन्न राजनैतिक दल र समाज सेवीहरुको सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुमानसिंह थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानध्यापक प्रेमनारायण भण्डारीको सञ्चालन रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप