शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालीलाई भारतीय धमाधम भर्ना

सोमबार, २७ असार २०७३, १५ : ११
सोमबार, २७ असार २०७३
काठमाडौ–विरगञ्ज स्थित एनवी केडिया डेण्टल कलेजले नेपाली विद्यार्थीलाई भारतिय बनाई भर्ना गरेको खुलेको छ । त्रिभुवन विश्वविद्यालय मेडिकल क्याम्पस महाराजगंजमा प्रवेश परीक्षामा अनुत्र्तिण भएका विद्यार्थीलाई केडिया डेण्डल कलेजले भारतिय वनाई भर्ना गरेको हो । भारतीय विद्यार्थी वनि भर्ना भएका ती विदार्थीले चिकित्सकीय लाइसेन्स परीक्षा दिंदा भने नेपाली नागरिकता पेश गरेको पनि खुलेको छ । तत्कालिन रजिष्ट्रार डा. निलमणी उपाध्ययाको कार्यकालमा विद्यार्थीले लाइसेन्स लिएको स्रोतले जनाएको छ । उनी अहिले अख्तियारमा विज्ञको रुपमा कार्यरत रहेका छन् । २०६३÷०६४ को पहिलो व्याचमा भारतीय वनेर भर्ना भएका नेपाली विद्यार्थीहरुमा अजय कुमार आस्था, प्रेक्षा शाह, राजेन्द्र भट्ट, रोशनकुमार शाह, कविता सिंह, प्रतिक्षा कुमारी यादव, प्रेरणा सिंह रहेको वुझिएको छ । स्रोतका अनुसार सो कलेजलाई कारवाही प्रक्रिया सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप