४१ वर्षपछि फ्रान्सलाई हराउँदै पोर्चुगल बन्यो युरोपको राजा
पेरिस — आयोजक फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले पराजित गर्दै पोर्चुगल पहिलो पटक युरोपियन च्याम्पियन बनेको छ । पोर्चुगलले कुनै पनि मुख्य प्रतियोगिताको उपाधि जितेको पनि यो पहिलो अवसर हो ।
निर्धारित खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयको खेलमा एडेरले १०९ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई उपाधि दिलाए ।
सन् २००४ को फाइनलमा आफ्नै घरेलु मैदानमा ग्रिससँग स्तब्ध बनेको पोर्चुगलले त्यसको बदला फ्रान्ससँग उसैको मैदानमा लिएको छ । आयोजकको रुपमा यो उपाधि जित्ने फ्रान्स पछिल्लो टोली हो ।
फ्रान्सविरुद्ध पोर्चुगलको इतिहास पनि त्यति राम्रो थिएन । पछिल्ला ४१ वर्षसम्म पोर्चुगलले फ्रान्सलाई हराउन सकेको थिएन भने पछिल्ला १० खेलमा पोर्चुगल पराजित हुँदै आएको थियो । सन् १९७५ को मार्चमा पोर्चुगल पछिल्लो पटक विजयी बनेको थियो ।
फाइनलमा पोर्चुगलको शुरुवात भने राम्रो भएन । खेलको शुरुवातदेखि नै फ्रान्सले पोर्चुगलमाथि दबाब राखेको थियो । खेलको आठौं मिनेटमा डिमिट्री पायेटले फल हानेपछि स्टार खेलाडी रोनाल्डो घाइते भए । खेलको २४ औं मिनेटमा उनी खेल छाड्न बाध्य बने । पहिलो हाफमा फ्रान्सले पोर्चुगलमाथि पूरै दबाब राखेको थियो । तर, पाएको अवसरको भने सदुपयोग गर्न सकिरहेको थिएन ।
खेलको दोस्रो हाफमा भने पोर्चुगलले सुधारिएको खेल प्रदर्शन गर्यो । रोनाल्डो बिना पनि बेलाबेला फ्रान्समाथि दबाब बनाइराख्यो । उता, फ्रान्सले भने एक पछि अर्को मौका गुमाइरहेको थियो । फर्ममा रहेका प्रतियोगिताका सर्वाधिक गोलकर्ता एन्टोनी ग्रिजमानले दुई सुन्दर अवसर गुमाए भने ओलिभर जिरुको प्रहारलाई गोलकिपर रुई प्याट्रिसियोले जोगाए । प्याट्रिसियोले फ्रान्सको धेरै प्रयास विफल बनाएका थिए ।
त्यस्तै पोर्चुगलको नानीको प्रहार पनि ह्युगो लोरिसले उत्कृष्ट बचाऊ गरे । खेलको इन्जुरी समयमा आन्द्र्रे पिएरे जिजानिकको प्रहार पोस्टमा लागेको थियो ।
भाग्यमानी पोर्चुगल फर्नान्डो सान्तोषको टोलीले ७ खेलमा छैटौंपटक निर्धारित समयमा बराबरी गरेर पनि प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । समूह चरणका तिनै खेल बराबरी गरेर तेस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेको पोर्चुगलले अन्तिम १६ मो क्रोएसियालाई अतिरिक्त समयमा हराएको थियो । त्यस्तै, क्वाटरफाइनलमा पोल्याण्डलाई ट्राइब्रेकरमा हराएको थियो । पोर्चुगलले निर्धारित समयमा जितेको एक मात्र खेल भनेको सेमिफाइनलमा वेल्सबिरुद्ध थियो ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार
-
नौबिसे–मुग्लिङ सडक आंशिक बन्द हुने
-
संसदीय समितिमा प्रधानमन्त्री ओलीको अनावश्यक चासो, विधेयक ‘होल्ड’ गराउने तयारी !
-
सरकारका कमजोरीलाई स्वस्थ खबरदारी गर्न मुख्यमन्त्री कँडेलको आग्रह
-
विप्लवका पाँच सन्देश
-
गण्डकी प्रदेशमा पुस ९ भित्र खेलाडीले आफूलाई दर्ता गर्नुपर्ने