नेपालको बैदेशिक व्यापार : आयात ६ खर्ब ८१ अर्ब, निर्यात ६१ अर्ब

आर्थिक बर्षको अन्त्य हुन केही दिन मात्रै बाँकी रहँदा सरकारी निकायले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ११ महिनाको तथ्याङ्कले यस्तो स्थिति देखाएको हो । यो अवधीमा कुल व्यापारघाटा ६ खर्ब २० अर्ब १३ करोड रुपैयाँ रहेको छ । यस अवधीमा मुलुकको कुल निकासी ६० अर्ब ८२ करोडमा सिमित छ । तर, आयात भने ६ खर्ब ८० अर्व ९५ करोड रुपैयाँ पुगेको छ ।
व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले प्रकाशित गरेको नयाँ तथ्याङ्क अनुसार आव २०७२/७३ को एघार महिनामा वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.७ प्रतिशतले ह्रास आर्ई ७ खर्ब ४१ अर्ब ७७ करोड पुगेको छ । यसमध्ये कुल व्यापारमा निकासीको योगदान ८.२ प्रतिशत र आयातको ९१.८ प्रतिशत छ । केन्द्रका अनुसार निकासी गत आवको तुलनामा २३.१ प्रतिशतले घटेको छ भने आयात ३.८ प्रतिशतले घटेको छ ।
नेपालबाट ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु विदेशी वजारमा निर्यात हुने गरका छन् । यस्तै, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी प्रमुख निर्यात हुने वस्तुमा पर्छन् । भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, युके, टर्की, चीन, जापान, फ्रान्स, इटाली, क्यानडा, वंगलादेश, अष्ट्रेलिया, नेदरलेण्ड्स र भियतनाम लगायतका मुलुकमा नेपाली उत्पादन निर्यात हुने गरेका छन् ।
कुन वस्तु कतिको निर्यात ?
यस अवधीमा ७ अर्ब ३१ करोडको ऊनी गलैंचा निर्यात भएको छ । यो अघिल्लो आवको तुलनामा १५.६ प्रतिशतले वढी हो भने तयारी पोशाकको ५ अर्ब २० करोड रुपैयाँको निर्यात भएको छ । यो ८.८ प्रतिशतले वृद्धि भएको हो । छालाजन्य वस्तु ६३ करोड, अलैंची ४ अर्ब २७ करोड, चिया १ अर्ब ५९ करोड, अदुवा ४० करोड रुपैयाँको निर्यात भएको छ ।
यस्तै, चाउचाउ ५३ करोड, जडिवुटी ५६ करोड, टुथपेष्ट ८९ करोड र टेक्सटाइल ३ अर्ब २ करोड रुपैयाँ वरावरको निर्यात भएको छ । पश्मिना सल २ अर्ब ४६ करोड, हस्तकलाका ६७ करोड र नेपाली हातेकागज ६२ करोड रुपैयाँको निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।
यस्तै, फलाम तथा स्टील र तिनका उत्पादन ४ अर्ब २ करोड, पोलिष्टर तथा अन्य धागोमा ४ अर्ब ८३ करोड, मुसुरोको दाल ६१ करोड रुपैयाँको निर्यात भएको छ । अघिल्लो आवको तुलनामा फलाम तथा स्टील र तिनका उत्पादन निर्यातमा ५९.२ प्रतिशतले घटेको छ भने पोलिष्टर तथा अन्य धागोमा २०.४ प्रतिशत र मुसुरोको दाल ४५.९ प्रतिशतले घटेको छ ।
कुन वस्तु कतिको आयात
फलाम तथा स्टील ७० अर्व ८२ करोड, पेट्रोलियम पदार्थ ५८ अर्ब २३ करोड, यातायातका साधन र तिनका ५५ अर्ब ५३ करोड रुपैयाँको आयात भएको छ । यो आवमा पेट्रोलियम पदार्थको आयात ४३.१ प्रतिशतले घटेको छ । भारतिय नाकावन्दीका कारण आयात घटेको देखिएको हो ।
इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्री २९ अर्ब ३० करोड, औषधी २४ अर्ब ४ करोड, मेशिनरी तथा पार्ट्स ४९ अर्ब ९४ करोड, पोलिथिन ग्रेन्युल्समा १४ अर्ब ३९ करोड र कच्चा पाम आयल २ अर्ब ९९ करोड रुपैयाँको आयात भएको छ । यस्तै, यस अवधीमा दुरसञ्चारका सामाग्रीहरु २० अर्ब ८३ करोड, रसायन ८ अर्ब ६७ करोड, सुन १२ अर्ब ५२ करोड, चाँदी ६ अर्ब ३५ करोड, रासायनिक मल १३ अर्ब ८३ करोड रुपैयाँको आयात भएको छ । हवाईजहाज तथा हवाईजहाजका पार्ट्स ८ अर्ब ९७ करोड, सिमेन्ट क्लिङ्कर ८ अर्ब ४२ करोड, भटमासको कच्चा तेल १२ अर्ब ५१ करोड, तयारी पोशाक ११ अर्ब ५८ करोड, अन्न ३५ अर्ब ९ करोड र ऊन ३ अर्ब २९ करोड रुपैयाँको आयात भएको पनि केन्द्रले जनाएको छ । भारत, चीन, युएई, इण्डोनेशिया, स्वीट्जरल्याण्ड, थाइलेण्ड, संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, क्यानडा, फ्रान्स, मलेशिया, जापान, साउदी अरेविया र भियतनाम लगायतका मुलुकवाट यी वस्तु आयात भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा प्रधानमन्त्री ओलीको अनावश्यक चासो, विधेयक ‘होल्ड’ गराउने तयारी !
-
सरकारका कमजोरीलाई स्वस्थ खबरदारी गर्न मुख्यमन्त्री कँडेलको आग्रह
-
विप्लवका पाँच सन्देश
-
गण्डकी प्रदेशमा पुस ९ भित्र खेलाडीले आफूलाई दर्ता गर्नुपर्ने
-
टोखाको आगलागी नियन्त्रणमा
-
सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री लामिछाने