खुला विश्वविद्यालयसम्बन्धी विधेयक पारित
काठमाडौँ - “नेपाल खुला विश्वविद्यालय विधेयक, २०७२” लाई व्यवस्थापिका–संसद्ले आज बहुमतले पारित गरेको छ ।
करिब एक दशकअघि नेपालको शिक्षा क्षेत्रमा प्रवेश गरेको खुला विश्वविद्यालयको अवधारणा सबैका लागि उच्च शिक्षाको पहुँचका दृष्टिकोणबाट हेर्दा सफल हुने विश्वास गरिएको छ ।
सो विश्वविद्यालय हाल सञ्चालनमा रहेकाभन्दा नितान्त फरक रहेकाले सोही बमोजिमको व्यवस्थाका आधारमा अघि बढाइनुपर्ने सुझाव छलफलमा सहभागी सांसदहरुले दिएका थिए ।
बैठकमा सांसदहरु गणेशमान पुन, कमलप्रसाद पङ्गेनी, रामहरि सुवेदी, वंशीधर मिश्र, जनकराज जोशी, निषाकुमारी साह, प्रेम सुवालले खुला विश्वविद्यालय सञ्चालनका लागि ग्रामीण क्षेत्रसम्म सूचना र प्रविधि विस्तार हुनुपर्ने धारणा राखेका थिए ।
नवीनतम प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षाका माध्यमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले नियमित अध्ययन गर्न विश्वविद्यालय जान नसक्ने विद्यार्थीलाई ध्यानमा राखेर यो अवधारणा ल्याइएको हो ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै ज्ञानमा सबैको पहुँच पु¥याउन खुला विश्वविद्यालयको अवधारणा ल्याइएको स्पष्ट पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आथिक वर्षको पहिलो तीन महिना : व्यापार घाटा तीन खर्ब ५२ अर्ब
-
असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता