काँग्रेस संसद्मा अझ कडा रुपमा प्रस्तुत हुने, भोलि संसदीय दलको बैठक

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्मा आफ्ना मागलाई थप जोडदारका साथ उठाउने भएको छ ।
उक्त विषयमा छलफल गर्न काँग्रेसले सोमबार बिहान १० बजे संसदीय दलको बैठक बोलाएको छ । काँग्रेसले भूकम्पपीडितको आवास पुनःनिर्माणलगायत विषयमा सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै चार दिनदेखि संसद्को बैठक अवरुद्ध पार्दै आएको छ ।
संसद्मा आफ्ना मागलाई कसरी प्रभावकारी र व्यवस्थित ढङ्गले उठाउने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए ।
उहाँले माग सम्बोधनका लागि संसद्मा दबाबस्वरुप सबै सांसदलाई अनिवार्य उपस्थित गराई अनुशासित ढङ्गले विचार व्यक्त गर्ने सम्बन्धमा पनि बैठकमा नेताहरुले आवश्यक अभिमुखीकरण दिने बताए ।
अहिलेसम्म गर्दै आएका दबाबका कार्यक्रमको समीक्षा गर्दै बैठकले आगामी कार्यक्रमसमेत तय गर्ने प्रमुख सचेतक श्रेष्ठले बताए ।
बैठकका लागि सम्पूर्ण सांसदलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको काँग्रेस संसदीय दलका सचिव ध्रुव वाग्लेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ