२१ तस्विरमा हेर्नुहोस् किर्तिपुरका ‘बाल बेहुली’
काठमाडौँ । नेवारी समुदायका छोरीको तीन पटक विवाह गरिने परम्परा रहेको छ । जसअनुसार श्रीपञ्चमीका दिनमा पहिलो पटक बेल विवाह (इही) गरिन्छ । यसमा रजश्वला नभएको ५ बर्ष देखि ९ बर्ष सम्मका बालिकाहरुको सहभागिता हुन्छ ।
यस विवाहमा भगवान शिवका पुत्र कुमारलाई बेलको स्वरूपमा लिई बालिका दिनभरि व्रत बसेर बेललगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्दछ ।
नेवार समुदायमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तैहुने विश्वास छ ।
त्यसै गरि दोश्रो पटक बालिकाहरु जब १०–१४ बर्षका हुन्छन्, बेलसँग विवाह भएपछि विजोर वर्षमा बाह्र दिनसम्म गुफामा राखेपछि ‘सूर्य दर्शन’ गरेर विवाह सम्पन्न गरिन्छ । अनि तेश्रो पटक वयस्क भएपछि वरसँग विवाह गराइन्छ ।
बेल बिवाह बालिकाको भविष्य सुनिश्चितता को लागि गरिन्छ । कन्याहरुले एक पटक बेलसँग बिवाह गरे पछि यदी भविष्यमा उसको विवाहित श्रीमान्को मृत्यु भै हाले पनि उसले कहिले पनि विधवाको रुपमा बस्नु नपर्ने भन्ने मान्यता रहेको छ । बेल विवाह सम्पन्न गरे पछि बालिकाहरुलाई बजि (चिउरा),वस् (बारा),खें (अण्डा), मुस्या (भटमास), छोयला, कचिला, तस्कुला, डायकुला, चतामरी, योमरी, चाकु, अयला (रक्सी), थों (जाँड) आदी धेरै प्रकारका परिकार भएको खान खान दिने गरिन्छ ।
श्रीपञ्चमीका दिनमा बेलविवाह गर्दा साइत हेर्न नपर्ने मान्यता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए