विदेशिने हजारौँ नेपालीहरुलाई ठगिनबाट जोगाउने सफ्टवेयर बनाउँदै विद्यार्थी
बिहीबार, ०९ असार २०७३, २३ : ५१
"१३ औ राष्ट्रिय प्राविधिक प्रदर्शनी"को पूर्व सन्ध्यामा मंगलवार कुल्लाब्स द्वारा प्रस्तुत लोकस ह्याक अ वीक को उद्घाटन समारोह सम्पन्न भएको छ । विहान कारीब १० बजे सुरु भएको सो कार्यक्रम लोकस समितीका कार्यक्रम व्यवस्थापक प्रवेश पाठक र स्वयमसेवक व्यवस्थापक अधिकारीको वक्तव्य सँग प्रारम्भ भएको थियो । कार्यक्रमम १५ वटा टीम सहभागी छन । प्रत्येक टीमले खेल तथा मनोरन्जनू, सामाजिक प्रभाव र स्टार्ट अप मध्ये कुनै एक क्षेत्र मा निहित भएर एक साता भित्र आफुले निर्मण गरेको सफ्टवेर आयोजकलाई बुझाउनुपर्ने छ ।
आफ्नो टीमलाई प्रतिनिधित्व गर्दै प्रत्येक टोलीबाट एकजना सहभागिले सङ्क्षेपमा आफ्नो बिचार प्रस्तुत गरेका थिए । खेल तथा मनोरन्जन क्षेत्रमा एक टीमले दिमागबाट उत्पन्न हुने सङ्केतको प्रयोग गरी कम्प्युटरमा खेल्न मिल्ने ब्रेन बूज नामक गेम बनाउदैछन । त्यसैगरी सामाजिक प्रभाव क्षेत्र अन्तर्गत एक टोलीले , रोजगारका क्रममा विदेशिने हजारौँ नेपालीहरुलाई ठगिनबाट जोगाउने सफ्टवेर बनाउदैछन । त्यस्तै स्टार्ट अप अन्तर्गत एक टीमले फुटसल खेलप्रतिको लोकप्रियतालाई मध्यनजर गर्दै फुटसल सेन्टर बुक गर्ने सफ्टवेर निर्माण गर्दैछन । यी तीन वाहेक प्रत्येक क्षेत्रबाट ४(४ वटा नवीनतम विचारहरु प्रस्तुत हुँदैछन । आयोजकले सहभागीहरुको सहयोगका लागी ५ जना मेन्टरहरुको व्यवस्था गरेका छन ।
लोकस ह्याक अ वीकका प्रायोजकहरु कुल्लाब्स र बोता मस्म रहेकाछन भने सहप्रायोजकहरु एन लोकेटू , “ अल्टर्नेटिव टेक्नोलोजी र पिसिज् नामक कम्पनीहरु रहेकाछन । त्यसैगरी पुल्चोक क्याम्पस को ईलेक्ट्रोनिक्स तथा कम्प्युटर विभागले आवश्यक सामग्रीहरु प्रदान गरी सहयोग गरेको छ ।
असार ७ गते भएको यो कार्यक्रम असार १४ गते समापन हुने छ । समापन समारोहमा प्रत्यक क्षेत्रबाट एक टीमलाई विजयी घोसणा गरिनुका साथै पुरस्कार पनि प्रदान गरिने छ ।
असार ७, २०७३ यही असार १७, १८ र १९ गते, ईन्जिनियरिङ अध्ययन संस्था, पुल्चोक क्याम्पस स्थित लोकस नामक संस्थाले "१३ औ राष्ट्रिय प्राविधिक प्रदर्शनी" आयोजना गर्ने भएको छ। तीन दिवसीय यस कार्यक्रमले विद्यार्थी र प्राविधिक उत्साहिहरुलाई आफ्नो विचार प्रस्तुत गर्ने तथा प्राविधिक क्षेत्रमा भएका नविनतम प्रगतिहरुलाई अवलोकन गर्ने अवसर प्रदान गर्ने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आथिक वर्षको पहिलो तीन महिना : व्यापार घाटा तीन खर्ब ५२ अर्ब
-
असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता