कमिसनको खेलमा पाठ्यपुस्तकमा समेत सिण्डिकेट
बिहीबार, ०९ असार २०७३, ११ : १६
पोखरा –भर्खरै एसएलसीको नतिजा प्रकाशित भएको छ । विद्यार्थीहरु कुन विद्यालयमा कसरी प्रवेश गर्ने भन्ने सोचमा छन् । अहिलेको ग्रेडिङ प्रणाली अनुसारको नतीजा बुझ्न र सो अनुसार भर्ना हुने वारे विद्यार्थीहरु अझै अलमलमा छन् ।
तर उच्चमाविका पाठ्य पुस्तकमा यतिवेला कमिशनमा सिण्डिकेटको खेल सुरु भएको छ । उच्चमावि पढाउने केही शिक्षक र पव्लिकेशनका वीचमा कमिशनको चलखेल भएपछि पाठ्य पुस्तकमा सिण्डीकेट सुरु भएको हो ।
पव्लिकेशनले शिक्षकलाई ३० देखि ५० प्रतिशतसम्म कमिशन दिएर पुस्तक विक्री गराउँदै आएका छन् । त्यस्ता पव्लिकेशनहरुले नेपालको विभिन्न क्षेत्रमा फरक फरक विद्यालय र शिक्षकका नाम राखेर पुस्तक पठाउने गरेको समेत भेटिएको छ ।
उदाहरणकोलागि पोखरामा पठाउने पुस्तकको लागि भित्र यहाँका कही विद्यालयको सूची टाँसिन्छ । त्यसैगरी वुटवल पठाउनको लागि त्यो सूची पेज फालेर त्यहाँका विद्यालयको नाम राखेर अर्को सूची टाँसेर पुस्तक विक्री गर्ने काम प्रकाशकहरुले गरेका छन् ।
जुन कुरा सवै नक्कली भएको पोखराको एक विद्यालयका प्राचार्यले गुनासो गरे । उनले प्रकाशक र शिक्षकवीचको कमिशन निश्तेज पार्न सकेमा समस्या समाधान हुने वताए ।
यतिवेला प्रकाशकहरुको यो शैलीवाट पुस्तक विक्रेता र शिक्षकहरु मोटाएका छन् भने अविभावक र विद्यार्थीहरु ठगिएका छन् ।
उच्चमाविको पाठ्यक्रम खुल्ला हुँदा केही पव्लिकेशन र केही सिमित शिक्षकहरुले कमिशनको लागि यतिवेला पाठ्य पुस्तकहरुमा मनपरि गरेका छन् ।
विद्यार्थी भर्ना हुन नपाउँदै यी पुस्तक यसरी किन्नु भन्दै त्यस्ता शिक्षकहरुले अहिले झोलामा व्यापार थालेको विद्यार्थीहरुको गुनासो छ ।
कक्षा ११ मा भर्नाकोलागि पोखराका तीन वटा विद्यालयमा आवेदन दिएका एक विद्यार्थीले भने–“भर्ना हुन पाईने हो कि होईन तर पुस्तक यो किन्नु पर्छ भनेर शिक्षकले हैरानै पारेका छन् ।”
पहिला विद्यालयमा प्रवेश गर्ने, त्यसपछि मात्र कुन पुस्तक किन्ने भन्ने हुनु पर्नेमा शिक्षकले नै हातमा चिट थमाउने गरेपछि टेन्सन भएको छ ति विद्यार्थीको भनाई छ ।
उनी मात्र होईन उच्चमाविको कक्षा ११ मा पढ्ने सवै जसो विद्यार्थीहरु अहिले पव्लिकेशन र शिक्षकको पेलाईमा परेका छन् ।
यस्ता शिक्षकहरुले विद्यार्थीलाई लिष्ट दिने, पुस्तक पसल चिनाउने र आफ्नै झोलाका पुस्तक किन्न लगाउने गरेको विद्यार्थीले आरोप लगाएका छन् ।
उच्चमावि विद्यालय संघ हिसान कास्कीका अध्यक्ष वावुराम पन्तले उच्चमावि शिक्षा परिषदले पाठ्यक्रम नतोकिदिँदा विद्यार्थीलाई समस्या भएको वताए ।
पव्लिकेशनको व्यापार केही शिक्षक सँग सिधै जोडिएकोले विद्यार्थीहरुले दुःख पाएको उनको भनाई छ ।
शिक्षालाई व्यापार सम्झिने प्रकाशक, पुस्तक विक्रेता र केही शिक्षकको वद्नियतका कारण यतिवेला देशमा फेरी कमिशनको खेल सुरु भएको छ ।
अझै कतिपय शिक्षकहरुले विद्यालय हातामा नै लगेर पुस्तक विक्री गर्न थालेको समेत गुनासो आएको छ । सर्वोच्च अदालतले आज भन्दा ४ वर्ष अघि पुस्तकालयहातामा पुस्तक विक्री वितरणमा रोक लगाए पनि पुस्तक प्रकाशक र केही शिक्षकहरुले त्यो आदेश उलंङ्घन गर्दै आएका छन् ।
पुस्तक व्यवसायी महासंघका पूर्व अध्यक्ष धनराज आचार्यले विद्यालय हातामा पुस्तक विक्री गर्न नपाईने वताए । उनले अहिले सो कार्य भएको भए गलत भएको प्रतिक्रिया दिएका छन् ।
वजारमा यसरी कमिशनको खेल सुरु हुँदा समेत नियमनकारी निकाय र विद्यार्थी संघ संगठनहरु मौन देखिएका छन् । उनीहरुका आफ्नै भाई भतिजा र भतिजीहरु ठगिदा समेत विद्यार्थी संगठनहरु मौन रहनु आश्चर्य जनक कुरा भएको अविभावक हरिप्रसाद शर्माले गुनासो गरे ।
अखिल कास्कीका अध्यक्ष शेखर गौतमले भर्खरै मात्र प्रवेशीका परीक्षाको नतीजा आएकोले विद्यार्थी संगठनहरुको ध्यान पाठ्य पुस्तक तिर नगए पनि अव तत्काल ध्यान त्यता केन्द्रीत हुने वताएका छन् । उनले केही विद्यालयहरुले विद्यार्थीको प्रवेश परीक्षा एउटै समयमा पारेर विद्यार्थीलाई विद्यालयमा प्रवेश गर्न नदिने खेल समेत सुरु गरेको वताएका छन् ।
कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले विद्यार्थी ठग्ने खेल सवैका लागि दुर्भाग्य भएको वताउँदै त्यसलाई अनुगमन गरी तत्काल ठेगान लगाईने वताएका छन् । उनले नियम कानूनको अधिनमा वसेर प्रकाशक, पाठ्य पुस्तक विक्रेता र शिक्षकले आफ्नो भूमिका निर्वाह गर्नु पर्ने वताए । उनले शिक्षा ऐन पास भएर आए पछि यो समस्या तत्काल समाधान हुने वताउँदै गलत गर्ने शिक्षकलाई सचेत वनाउने जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आथिक वर्षको पहिलो तीन महिना : व्यापार घाटा तीन खर्ब ५२ अर्ब
-
असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता