हुरीका कारण कोलम्बिया र चिलीबीचको खेल स्थगित
बिहीबार, ०९ असार २०७३, ०६ : ००

सिकागो — कोलम्बिया र चिलीबीच जारी कोपा अमेरिकाको दोस्रो सेमिफाइनल खेल हुरी र चट्याङका कारण कम्तिमा दुई घण्टाका लागि स्थगित गरिएको छ ।
पहिलो हाफको अन्त्यपछि मौसममा आएको खराबीसँगै खेल स्थगित गरिएको हो ।
खेल अब स्थानीय समयअनुसार राती ११ बजे शुरु हुनेछ ।
हालसम्म कोलम्बिया २ गोलले पछि परेको छ । डिफेन्डिङ च्याम्पियनका लागि चाल्र्स अरांगुएज र होजे फुएनजालिडाले एक एक गोल गरेका छन् ।