हनुमन्ते विवाद : सम्पत्ति, सुरक्षा र ज्यानको चिन्ता
भक्तपुर– भक्तपुरको मध्य भाग हुँदै बग्ने हनुमन्ते खोलामा केही वर्ष अघिबाट चल्दै आएको विवाद चुलिदै जाँदा भक्तपुरका सबै पक्षले तनाव भोग्नु परेको छ ।
खोला फर्काएको विरोधमा सोमबार साँझ मध्यपुर थिमीका स्थानीय बासिन्दाले विरोध कार्यक्रम नै आयोजना गरेका छन् । हनुमन्ते खोलाको प्राकृतिक बहाब परिर्वतन गर्ने चलखेलसँगै भक्तपुरका प्रमुख जिल्ला अधिकारी, भक्तपुर प्रहरी प्रमुख, प्रहरी वृत्त थिमीका डिएसपी र पत्रकारले समेत अनावश्यक तनाव भोग्नुपरेको छ । खोला किनार नजिकै जमिन भएका धेरै स्थानीयको भने लाखौं मुल्यको सम्पति हराउला भन्ने चिन्ता छ ।
सर्वोच्च अदालत र नगरपालिकाको आदेश विपरीत हनुमन्ते खोलाको गत शुक्रबार रातभर खनेर बहाव परीर्वतन भएपछि पुरानै अवस्थामा फर्काउन गएका मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ र कार्यकारी अधिकृत कमल ज्ञवालीलगायत स्थानीयबासिन्दा र खोला फर्काउने पक्षबीच झडप नै हुन पुग्यो ।
नियम विपरीत मकैबारीको बीचबाट करिब तीनसय मिटर खाल्डो खनेर खोला फर्काउने प्रयास गरेपछि हनुमन्ते खोला संरक्षण समितिको नेतृत्वमा रहेका स्थानीयले विरोध गरेका हुन् । सूर्यविनायक ३ र मध्यपुरथिमि नगरपालिका ३ को सिमाना भएर बग्ने हनुमन्ते खोलाको बहावलाई अन्यत्र पठाउने प्रयास विगतदेखि नै चल्दै आएपनि यसको समाधन गर्न आफु लागिपरेको मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।
रातोपाटीसंग कुरा गर्दै श्रेष्ठले भने ‘म अहिलेपनि त्यहि समस्यालाई लिएर मन्त्रालय तिर छु यो छिटो भन्दा छिटो समाधान हुने छ । ’अदालत, गृह मन्त्रालय र दुई नगरपालिकाको आदेश विपरित पटकरपटक खोला फर्काउने प्रयास भएको श्रेष्ठले बताए । साबिकको बालकोटका स्थानीय बासिन्दा र मध्यपुरबासीको करोडौं मुल्य पर्ने जमिन खोलाको कारणले यताउता परेको स्थानीयको गुनासो छ ।
खोला फर्काउने पक्षमा रहेका बालकोटका स्थानीयले भने २०२१ सालको नापी अनुसार खोला बग्नुपर्ने दाबी गरेका छन् । यता मध्यपुरथिमीका बासिन्दाको भने हनुमन्ते खोला फर्काएर सार्वजनिक जग्गा आफ्नो बनाई प्लटिङ गरी व्यापार गर्न मनाशायले भूमाफियाले यस्तो कार्य गरेको आरोप लगाउदै आएका छन् ।
स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा १६५ अनुसार खोला क्षेत्रको विवादास्पद जग्गा नगरपालिकाको स्वीकृति बिना निर्माण, जमिन कटानलगायत कार्य नगर्नरनगराउन सार्वजनिक सूचना प्रकाशित गरिएको थियो ।
सबै निकायलाई तनाव
शुक्रबार राती खोला फर्काएको खबर प्राप्त भएपछि उक्त स्थानमा पुगेका पत्रकारहरुलाई केही मानिसले दुव्र्यवहार गरे । स्वतन्त्र पूर्वक समाचार संकलन गर्न जादाँ दुव्र्यबहार सहनुपरेको पत्रकारहरुको गुनासो छ ।
यता प्रहरीका केही उच्च पदस्थ कर्मचारीले भने लामो समयदेखि चल्दै आएको विवादमा प्रहरीलाई समेत पैसा खाएको आरोप लाग्ने गरेको छ । प्रहरीले यो आरोपको खण्डन गर्दै सुरक्षार्थ खटिदा विभिन्न आरोप लाग्ने गरेपनि मनोवल उच्च पारेर सुरक्षामा खटिएको बताएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसंग यसवारे बुझ्न खोज्दा फोन रिसिभ भएन ।
भक्तपुरमा धेरैस्थानमा खोला मिचेर भौतीक संरचना बनाउने कार्य चलिहँदा समेत सम्बन्धीत निकाय भने समस्या समाधानमा खासै क्रियाशिल बनेको पाइदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ सय ८५ किलो गाँजा सहित चालक पक्राउ
-
१६८ मेगावाट विजुली राष्ट्रिय प्रसारण प्रणालीमा थपियो
-
चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि....
-
‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’
-
वायनाडमा प्रियङ्का गान्धीलाई तीन लाखभन्दा बढी मतको अग्रता
-
नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ : विप्लव