शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चार वटा बैंक कुमारीसँग गाभियो, शुक्रबारबाट एकीकृत कारोबार

शुक्रबार, १६ असार २०७४, १६ : ४३
शुक्रबार, १६ असार २०७४

काठमाडौं– कुमारी बंैक लिमिटेडले चार वटा वित्तीय संस्थालाई गाभेर शुक्रबारबाट एकीकृत कारोबार सुरु गरेको छ । 

बैंकले काष्ठमण्डप डेभेलपमेन्ट बैंक, महाकाली विकास बैंक लिमिटेड, काँक्रोविहार विकास बैंक लिमिटेड र पश्चिमाञ्चल फाईनान्स कम्पनी लिमिटेडलाई गाभेर एकीकृत कारोबार सुरु गरेको हो । बैकले राष्ट्र बैंकले तोकेको चुक्तापुँजी पु¥याउन बोनस दिने व्यवस्था गरिएको पनि जनाएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै बैंक संचालक समितिका अध्यक्ष सन्तोषकुमार लामाले जनतालाई वित्तिय सहयोग उपलब्ध गराएर सेवा प्रदान गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । 

उनले सबै सेयरधनी महानुभावहरुको हित अनकूल अघि बढन चार वटा वित्तीय संस्था गाभिएको पनि उल्लेख गरे । अध्यक्ष लामाले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चल्ने प्रतिवद्धता पनि व्यक्त गरे । 

मर्जरपछि बैंकको निक्षेप ५२ अरव पुगेको छ । बैंकले हाल ७४ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप