खानाबार : ठमेलमा नयाँ पुस्ताको गन्तव्य बन्दै ‘टर्टल लाउन्ज एण्ड क्लब’

काठमाडौँ– पर्यटकीय नगरी ठमेलमा रात्रीकालीन व्यवसाय फष्टाउँदो छ । यतिखेर विशेषगरी क्लब, लाउन्ज, डिस्को तथा रेष्टुरेन्टहरु रात्रीकालीन व्यवसायका रुपमा मौलाउँदै गएका छन् । आजभोली नयाँ पुस्ताको विशेष रोजाईमा यस्ता क्लबहरु पर्ने गरेका छन् ।
त्यस्तोमा, भर्खरै स्थापना गरेको (करिब ३ हप्ता) मै हरेकको मुखमुखमा झुण्डिन सफल भएको छ ठमेल नर्सिङचोक नजिकै रहेको ‘टर्टल लाउन्ज एण्ड क्लब’ ।
ठमेलको नर्सिङ चोकबाट १०० मिटर तल प्रभु बैङ्कसँग जोडिएको घरको सबैभन्दामाथिल्लो तल्लामा झण्डै छ करोडको लगानीमा खोलीएको छ ‘टर्टल लाउन्ज एण्ड क्लव’ ।
यस क्लवका सञ्चालक आयुष ठकुरी (अमित) हस्पिीटालीटी व्यवसायमा १५ वर्षदेखि क्रियाशील रहँदै आएका छन् । उनी यस क्षेत्रमा गर्न सकिने बिकास र यसका आवश्यकताको पनी जानकार हुन् ।
विदेशमा बार टेन्डर, बार वेटर , क्यापटेन तथा म्यानेजरहरुको निकै माग छ । त्यस्तोमा, रोजगारीका लागी दिनँहु सयौं युवाहरु त्रिभुवन विमानस्थलबाट नेपाल बाहिरिन्छन् । तर, आयुष भने नेपालमै धेरै सम्भावनाहरु रहेको बताँउछन् र आफैले पनि बिदेशीन लागेका युवाहरुलाई आफ्नै रेष्टुरेन्टमा रोजगारी दिएका छन् ।
टर्टल लाउन्ज एण्ड रेष्टुरेन्ट बार तनाव र थकानलाई बिर्साउने मिठो म्युजिक सुनेर स्वादिष्ट खानाको स्वादसँगै आनन्द लिने ठाउँ हो ।
ठूलो स्पेश, कन्टिनेन्टल स्वाद
यो ठमेलकै सबैभन्दा ठुलो स्पेस भएको क्लव हो । टर्टल लाउन्ज एण्ड क्लव मा चाइनिज, कन्टिनेन्टल, इन्डियन, नेपाली तथा नेवारी खानाहरु पाइन्छन । टर्टेल स्पशेल ककटेल्स, मकटेल्स, क्लासिक ककटेल्स, फ्राइड क्रिस्पी मःम, टर्टल स्पेशल प्लाटर, बेकन राप्ड, प्राउन यहाँका विशेष परिकार हुन् ।
ठमेल सवारीसाधन मुक्त क्षेत्र भैसकेको छ । टर्टलमा जाने ग्राहकरुले नर्सिङचोक नपुग्दै हिमालयन बैंक भवनमा पार्किङ गर्नुपर्ने छ । टर्टलको आफ्नो ठूलो पार्किङ स्पेश छैन् । यो क्लवमा ४५ जना स्टाफहरु छन्, ग्राहकको सुविधाको लागी लिफ्ट पनि राखीएको छ । टर्टल लाउन्ज एण्ड क्लव बेलुका ७ बजेदेखि रातीको २ बजे सम्म खुल्ला रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले पठाए मन्त्रालयलाई जवाफी पत्र, प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने अडान
-
रास्वपा सांसद खनालको प्रश्न : सरकार जीबी राईलाई खोज्दै छ कि छैन ?
-
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन
-
अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री
-
‘पैसा डबल’ गरिदिने भन्दै ठगी गर्नेलाई कारबाहीको माग गर्दै न्यायालय अगाडि प्रदर्शन
-
राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत