शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तलब विद्यालको, जागिर अन्तै : विद्यालयनै नजाने शिक्षकबारे शिक्षा विभाग निरिह

सोमबार, २७ वैशाख २०७३, ०९ : ४५
सोमबार, २७ वैशाख २०७३

जाजरकोट – जिल्लामा विद्यालयमा नपढाएर अन्तै जागिर खाने शिक्षकको संख्या ठूलो रहेको सार्वजानिक भएको छ । नयाँ शैक्षिक सत्रको सुरु हुन वित्तिकै जिल्ला शिक्षा कार्यालयले विद्यालयको अनुगमन गर्दा ठूलो संख्यमा शिक्षकहरु विद्यालयमा उपस्थित नभएर जागिर खाने गरेको खुलासा भएको हो ।

जिल्ला शिक्षा कार्यालयले दिएको जानकारी अनुसार एक सय ५० जना भन्दा वढी शिक्षकहरु विद्यालयमा नआएर जागिर खाने गरेको पत्ता लागेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए ।

नयाँ शैक्षिक सत्रको सुरुमै जाजरकोटका ४० प्रतिशत विद्यालयहरुमा अनुगमन गर्दा ६९ जना शिक्षकहरु विद्यालयमा नभेटिएको जिसिअ सिंहले वताए । विद्यालयमा नभेटिएका शिक्षकको हाजिर हेर्दा गयल समयअवधि झण्डै ६ वर्ष सम्मको रहेको छ । अनुगमन गर्न वाँकी ६० प्रतिशत विद्यालयहरुमा पनि झण्डै ९० जना भन्दा वढी शिक्षकहरु गयल अवस्थामा रहेको कार्यालयको दावी छ ।

सात महिना १५ दिनसम्म गयल हुने शिक्षकमा प्रेमज्योति प्राथमिक विद्यालय मैनपाखा दहका शिक्षक मनवीर थापा रहेको जिशिकाले जानकारी दिएको छ । त्यसैगरी भण्डै ६ वर्षसम्म गयल हुनेमा तपोभुमी माध्यामिक विद्यालय ध्यारगाउँ रग्दाका विज्ञान विषयका शिक्षक योगेन्द्रनाथ चौवे रहेका छन् ।

सवै गयल हुर्ने शिक्षकको गणना गर्दा झण्डै १ सय ५० भन्दा वढी संख्या रहेको छ । विद्यालयमा अध्यापन नगराई गयल भएका शिक्षकहरुको तलव कटौती गरिने जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले बताए ।

विद्यालयमा किताब अभाव र बिद्यार्थीहरु अनुपस्थित भएको बहाना बनाएर शिक्षक गयल हने गरेकोे जिशिअ सिंहको भनाई रहेको छ । शिक्षकहरु वर्षौं र महिनौंको अनुपस्थिति क्षम्य नहुने जिशिअ सिंहको तर्क छ ।

विद्यालयमा बर्षौंदेखि अनुपस्थित शिक्षकलाई कारवाहीका लागी जिल्लाबाट सिफारिस गरि पठाई सकिएको तर विभागले कारवाही गर्न नसकेको उनको भनाई छ ।

जिल्लाको शैक्षिक सुधारका लागी यस वर्षदेखि नै विद्यालय र शिक्षकहरु वर्गिकरणको काम थालिसकेको कार्यालयले जनाएको छ ।  ग वर्गमा परेका ५० जना शिक्षक, शिक्षिकाहरुको स्तरवृद्धीका लागी भ्रमण, तालिम र प्रशिक्षणको व्यवस्था गरिने कार्यालयले जनाएको छ । प्रत्येक गाविसमा एक नमुना विद्यालय, प्रत्येक विद्यालयमा नमुना शिक्षक, नमुना विद्यार्थी, नमुना कक्षा छनोट गर्ने योजना रहेको कार्यालयले वताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप