सुदूरपश्चिममा ६५ हजार बालबालिका विद्यालय बाहिर
बैशाख –सुदूरपश्चिममा ६५ हजार बालबालिका बिद्यालय बाहिर रहेका छन् । सुपका ९ जिल्लामा ६५ हजार ८ सय १९ जना बालबालिका बिद्यालय भन्दा बाहिर रहेको शिक्षा बिभागले जानकारी दिएको छ । प्राथमिक तहमा ११ हजार ७ सय ६६ र आधारभुत तहमा ५४ हजार ५३ जना रहेका छन । सुदूरपश्चिममा सबै भन्दा धेरै कैलाली र सबै भन्दा कम बिद्यार्थि दार्चुलामा बिद्यालय बाहिर रहेका छन । डोटीमा प्राथमिक तहमा ८ सय ७१, आधाभुतमा ५ हजार ५ सय ८७, दार्चुला प्राथमिक ८ सय ५८, आधारभुत १हजार ९सय ६२, अछाम प्राथमिक १ हजार ७ सय ४६, आधारभुत तहमा ५ हजार ५ सय ६७, डडेल्धुरा ७ सय ९८ , आधारभुत तहमा २ हजार ७४ बिद्यार्थि बिद्यालय भन्दा बाहिर रहेका छन । बैतडीमा प्राथमिक तहमा ८ सय ४, आधारभुतमा २ हजार ३ सय ४७, कैलालीमा आधारभुत तहमा १९ हजार २ सय ८७, कञ्चनपुरमा १ हजार ६ सय ५२, आधारभुतमा ८ हजार १३, बाजुरामा प्राथमिक तहमा ७ सय ८७, आधारभुत तहमा ३ हजार ५ सय १६ र बझाङ जिल्लामा प्राथमिक तहमा १८ सय ५६ र आधारभुतमा ५ हजार ६ सय ९९ जना बालकालिका बिद्यालय भन्दा बाहिर रहेका छन । पहिलो चरणको भर्ना अभियान सकेर बिद्यार्थि भर्नाका लागी घरदैलो अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको क्षेत्रिय शिक्षा निर्देशनालय राजपुरले जानकारी दिएको छ । १५ गते सम्म बिद्यालय बाहिर रहेका बालबालिका भर्नाका लागी घर दैलो अभियान सञ्चालन गर्ने डोटीका जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रीले बताए । खत्रिले भने “धेरै बिद्यार्थि हाम्रो दायरा भित्र आउन सकेका छैनन्, उनिहरुलाई हामी बिद्यालय भित्र ल्याउनका लागी हामी घर–घरमा पुग्ने कार्यक्रम बनाएका छौँ ।” गुणस्तरिय शिक्षा प्रबद्र्धनका लागि स्थानिय श्रोत परिचालन परियोजनाको सहयोगमा सम बिकास केन्द्र नेपाल डोटीले बिद्यार्थि भर्ना सम्बन्धी कार्य सप्ताह कार्यक्रम डोटी जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ । बिद्यालय भन्दा बाहिर रहेका बिद्यार्थिलाई भर्ना गराउन चुनौति रहेको सम बिकास केन्द्र नेपालका कार्यक्रमका संयोजक अधिराज बिसीले बताए । उनले भने “ पहिलो समस्या भर्ना गर्नु नै रहेको छ, पछी आएर टिकाउन झन ठुलो समस्या छ । त्यसैले बिद्यार्थि टिक्नेगरी सरकारले योजना ल्याउनु पर्छ । ”
सुपमा नयाँ भर्ना भन्दा पनि कक्षा भर्ना गरेर छोडने बिद्यार्थिहरुको संख्या धेरै रहेको छ । प्राथमिक तहका भन्दा चार गुणा बढी बिद्यार्थिहरु आधारभुत तहमा बिद्यालय बाहिर रहेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आथिक वर्षको पहिलो तीन महिना : व्यापार घाटा तीन खर्ब ५२ अर्ब
-
असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता