शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बिहीबार, ०४ माघ २०७४, ०९ : २६
बिहीबार, ०४ माघ २०७४

कपिलवस्तु - ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार साझ एक युवकको मृत्यु भएको छ । 

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत शिवराज नगरपालिका–१ शिवपुरमा पश्चिमबाट पूर्व आउँदै गरेको लु २ त ५७१३ नंको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको लु ५ प ८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

घटनामा सोही नगरपालिका शिवपुर–१ माँझगाउँ बस्ने २६ वर्षीय खुमन सिंह पुनको ज्यान गएको हो ।

ठक्करबाट घाइते पुनको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्रप्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप