शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट भारतीय युवतीको मृत्यु

बुधबार, ०३ माघ २०७४, ०९ : ०५
बुधबार, ०३ माघ २०७४

कपिलवस्तु - कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरईनाका पुलमा गएराती ट्रकले मोेटरसाईकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । 

पश्चिमबाट पुर्व आउदै गरेको ना २ ख ९९६० नं. को ट्रकले विपरित दिशाबाट जाँदै गरेको युपी ५५ यु ०४८१ नं.को भारतीय नम्बर प्लेटको मोटरसाईकललाई ठक्कर दिएको हो ।

ठक्करबाट मोटरसाईकल पछाडी रहेकी भारत जिल्ला थाना वलरामपुर शंखरगाउँ बस्ने २४ वर्षकी मुबसरा खातुनको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए । 

मोटरसाईकल चालक भारत जिल्ला थाना वलरामपुर ढेरुवा बस्ने २७ वर्षका अतिकुल रहिमान घाईते भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप