बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड सेलिब्रिटीका ११ सन्तान जो ठ्याक्कै आमा–बुवाजस्तै देखिन्छन्

शुक्रबार, १६ असार २०७४, १४ : ३८
शुक्रबार, १६ असार २०७४

बलिउड स्टार किड्स आफ्ना आमा–बुवाजस्तै लाइमलाइट्समा हुन्छन् । उनीहरुको जन्मलगत्तै हेडलाइन हुने गर्दछन् । मानिसहरुले उनीहरुलाई बलिउडको भविष्यको रुपमा हेर्ने गर्दछन् । बलिउड सेलिब्रिटीका केही सन्तानले आफ्ना आमा–बुवाले झैं अभिनयको बाटो रोजेका छन् भने कोही यसबाट टाढै छन् ।

यहाँ बलिउड सेलिब्रिटीका ११ सन्तानका तस्बिर दिइएको छ जो ठ्याक्कै आमाबुवा जस्तै देखिन्छन् ।

१. आर्यन खानः

आर्यन खान बलिउड बादशाह शाहरुख खानका जेठो सन्तान हुन् । उनी आफ्ना बुवाजस्तै देखिन्छन् ।

२. सोहा अली खानः

सोहा अली खान कुनै बेलाकी चर्चित नायिका शर्मिला टेगोरकी छोरी हुन् । उनी पनि आफ्नी आमाजस्तै देखिन्छिन् ।

३. रणबीर कपुरः

रणबीर कपुर ऋषि कपुर र नितु सिंहका छोरा हुन् । रणबीर आफ्नी आमाजस्तै देखिन्छन् ।

४. ऋतिक रोशनः

ऋतिक रोशन आफ्ना बुवाका कार्बोन कपी हुन् । यी दुई बुवा छोराको आँखा र फेस कट ठ्याक्कै उस्तै छ ।

५. सारा अली खानः

सारा अली खान सेफ अली खान र उनकी पूर्व श्रीमती अम्रिता सिंहकी छोरी हुन् । चाँडै नै बलिउडमा डेब्यूको तयारीमा रहेकी सारा आफ्नी आमा जस्तै देखिन्छिन् ।

६. टाइगर श्रोफः

नायक टाइगर श्रोफ उनका बुवा ज्याकी श्रोफजस्तै देखिन्छन् ।

७. अब्रामः

अब्राम शाहरुखका कान्छो छोरा हुन् । उनी अहिले नै इन्टरनेट स्टार भइसकेका छन् । शाहरुखको बाल्यकालको तस्बिर हेर्दा उनका छोरा अब्राम उनीजस्तै देखिन्छन् ।

८. नाइसा देवगनः

नाइसा काजोल र अजय देवगनकी छोरी हुन् । फोटोमा देखिएझैं काजोल र उनकी छोरीको आँखा र मुस्कान मेल खान्छ ।

९. संजय दत्तः

संजय दत्त चर्चित नायक, निर्माता र राजनीतिज्ञ सुनिल दत्तका छोरा हुन् । यी दुईको अनुहार पनि उस्तै देखिन्छन् ।

१०. फरहान अख्तरः

नायक फरहान अख्तर चर्चित कवि, लिरिसिस्ट र स्क्रिनराइटर जावेद अख्तरका छोरा हुन् । यी दुईको अनुहार पनि ठ्याक्कै उस्तै देखिन्छ ।

११. आलिया भट्टः

आलिया भट्ट महेश भट्ट र सोनी राजदनकी छोरी हुन् । आलिया आफ्नी आमाजस्तै देखिन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप