‘सुपारी काँचो’ भन्दै रोहितले नचाए हिरोइन

काठमाडौं – अभिनेता रोहित रुम्बाको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘नेप्टे’को सुपारी काँचो’ बोलको गीत रिलिज भएको हो । राजधानीमा आयोजित एक कार्यक्रममा निर्माण युनिटले चलचित्रको बिभिन्न पक्ष जानकारी गराउँदै गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा ओम सुनार र सावित्री जोशीको स्वर, ओम सुनारको संगीत, भानुभक्त ढकालको शब्द रहेको छ । लोक लयमा आधारित यो चलचित्रको पहिलो गीत हो ।
आर रोशफी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको ३० चैत्रबाट प्रदर्शनमा आउने यो चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । तारा थापाको सम्पादन रहेको चलचित्र देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।
चलचित्रमा दयाहाङ राई, रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, अरुना कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।
नायक रोहितकै कथा, पटकथा तथा संवाद किरण माइकलको रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन छ । चलचित्रले सामाजिक कमेडी कथालाई उठान गरेको निर्माता तथा कलाकार रोहितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओबिएस सिष्टममा समस्या आएर ससद् बैठक लाइभ हुन सकेनः संसद् सचिवालय
-
नापी कार्यालयको बोर्डमा लेखियो- आई लभ यु प्रमीला...
-
केपी ओलीको रेल सपना र वास्तविकता
-
सूचना टाँसेर ४ बजेका लागि सारियो प्रतिनिधिसभा
-
प्रदर्शनमा भएका घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्छः विश्वप्रकाश शर्मा
-
३२.२४ अंकले सेयर बजार बढ्यो, कारोबार साढे ७ अर्बभन्दा माथि