गुहेश्वरी फाइनान्सको १५.७९ प्रतिशत बोनश शेयर
आइतबार, ३० पुस २०७४, १६ : ५४
काठमाडौं–गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारणसभाले आ.व. २०७३÷०७४ को नाफाबाट १५.७९ प्रतिशत बोनस शेयर हालै निष्काशन भई बाड“फा“ड गरिएको ४० प्रतिशत हकप्रद शेयरमा समेत प्रदान हुने गरी पारित गरेको छ ।
सो सँगै संस्थाको चुक्ता पू“जी रु.८० करोड पुगेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीको हाल सम्म निक्षेप रु. २ अर्व ७७ करोड तथा कर्जा रु. २ अर्व ४१ करोड रहेको तथा संचालन मुनाफा रु. १ करोड ३९ लाख रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।