शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शिक्षा मन्त्रीज्यू यी बालबालिकाले यसरी नै पढ्नुपर्ने हो ?

बुधबार, ०५ फागुन २०७२, १२ : ०३
बुधबार, ०५ फागुन २०७२

सुर्खेत–खोलाको किनार । किनारा मै केही चौडा ठाउँ । त्यसकै माथिल्लो पट्टी भित्ताको आडमा केही झुप्रा । यी झुप्राको अगाडि पट्टीको एउटा दृश्य । जहाँ शिक्षाको याचना गरिएको छ । अघिल्लो वर्षको साउन २८ र २९ गते सुर्खेतमा बाढि पहिरो जाँदा एक सय २५ जनाको मृत्यु भयो । हजारौं विस्थापित अहिले पनि त्रिपालमुनि कष्टकर जीवन विताइरहेका छन् । उनीहरुले अहिले आधारभूत आवश्यकता पनि पुरा गर्न सकेका छैनन् । आफन्त र सबै सम्पत्तिसमेत गुमाएर पीडित बनेका अहिले सरकारसंग गुनासो गरिरहेका छन् ।

तिनै बाढी पीडितको एउटा शिविर । नजिकै पाँच÷सात जना बालबालिका । च्यातिएको टिसर्ट, च्यातिएकै चप्पल । आधा शरीर नाङगो । उनीहरुको अगाडि एउटा थोत्रिएको ह्वाइट बोर्ड । केही थोत्रा कापी । यो हो बाढी पीडित विद्यार्थीहरुको अवस्था ।

सुर्खेतका बाढी पीडितले अहिले आफूहरुलाई गास, बास र कपासको याचना गरिरहेका छन् । बाँच्न गाह्रो भएको भन्दै उनीहरुले सरकारसंग बाँच्न पाउने अधिकार कार्यान्वयन गर्न माग गरिरहेका छन् । तर, बाढी आएको साढे एक वर्ष पुगिसक्दा पनि सुर्खेतका बाढि पीडित विद्यार्थीले राम्रोसंग पढ्न पाएका छैनन । बाढीले ठुलो क्षति पु¥याएको पश्चिम सुर्खेतको बाबियाचौर–१ तिखाकुनाका बालबालिकाहरुलाई पढ्ने वातावरण नै बन्न सकेको छैन ।

खुला आकाश छ । केही (चार/पाँच) वेन्चहरु छन । विद्यार्थीहरुका लागि राखिएका बेन्च भन्दा केही मिटर टाढा एउटा कुर्ची र एउटा थोत्रो टेबुल छ । यो विद्यालयको सम्पत्ती हो । तिनै चार/पाँचवटा वेन्चमा खोलाको कलकल आवाज सुन्दै विद्यार्थीले पढ्ने गरेका छन् ।

बाढी आउनुभन्दा पहिले स्थानी बालबालिका त्यहीँको कालिका प्राथमिक विद्यालयमा अध्ययन गर्थे । भेरी नदी नजिकको बस्ती र विद्यालय बाढीले लग्यो । सुरुमा परिवार, घरबास गुमाएका विद्यार्थीलाई पढ्ने वातावरण भएन । बाढी पीडितको शिविर बसेपछि पहिलो वर्ष त्यहाँका विद्यार्थीहरुले बाबियाचौरमै पढ्ने व्यवस्था मिलाइयो । एक वर्षसम्म त्यहाँका बालबालिकाले बावियाचौर मै अध्ययन गरे । त्यहाँको शिविर सधैभर त्यही बस्ने अबस्था भएन । तिखाकुनाका बाढी पीडित पहिलेको बस्ती भन्दा ठिक माथी रहेको वन फडानी गरेर त्यही बसे । अहिले ६ महिनादेखि त्यहाँका बालबालिकाहरुले शिवर भन्दा तल (खोला किनार) मा पढिरहेका छन् । जहाँ कुनै भवन छैन ।

खुला आकाश छ । केही (चार/पाँच) वेन्चहरु छन । विद्यार्थीहरुका लागि राखिएका बेन्च भन्दा केही मिटर टाढा एउटा कुर्ची र एउटा थोत्रो टेबुल छ । यो विद्यालयको सम्पत्ती हो । तिनै चार/पाँचवटा वेन्चमा खोलाको कलकल आवाज सुन्दै विद्यार्थीले पढ्ने गरेका छन् । विद्यार्थी पनि अहिले निरन्तर विद्यालय नआउने गरेको शिक्षकहरुले बताए । बाढी पीडितले जवरजस्ती वनमा बसेकोले कहिले जिल्ला वन कार्यालयले उठाउँछ भन्ने थाहा पनि नभएको र यसले गर्दा विद्यालय कहाँ बनाउने भन्ने कुराको पनि टुङगो नलागेको उक्त विद्यालयका शिक्षक हरिप्रसाद देवकोटाले बताए ।

अहिले भवनका लागि रकम आएको भन्दै उनले विद्यालय कहाँ बनाउने भन्ने कुराको निश्चित नहुँदा समस्या भएको बताए । विद्यार्थीहरुलाई खुला आकाश मुनी पढाउन बाध्य भएको भन्दै शिक्षक देवकोटाले विद्यार्थीलाई पढ्ने र शिक्षकलाई पढाउने वातावरण नभएको बताए । ‘शिविर यहाँ स¥यो अहिले विद्यालय पनि यही आँकाश मुनि छ,’ उनले भने, ‘खोलाको किनारमा खुला आकाश मुनी न विद्यार्थीलाई पढ्ने वातावरण छ, न हामीलाई पढाउने वातावरण छ ?’

अहिले यो विद्यालयमा एक सय जना विद्यार्थी छन् । यस्तै शिसु कक्षामा २७ जना छन् । शिसु कक्षालाई भने शिविरको नजिकै केही व्यवस्थित गरिएको छ । पलास्टिकले बारेको घर बनाइएको छ । यो समस्या बाढी पीडितलाई सरकारले व्यवस्थापन नगर्नेवेलासम्म जस्ताको तस्तै रहने देखिन्छ । बाढी पीडित वनमा शिविर बनाएर बस्ने र वनमा जिल्ला वन कार्यालयले भौतिक संरचना बनाउन नदिने भएपछि विद्यार्थी अझै खुला आकाश मुनी पढ्न बाध्य हुने शिक्षक देवकोटाले बताए ।

यता बाढीपहिरो पीडित जिल्ला संघर्ष समितिका अध्यक्ष खगिराम रेग्मीले पनि सरकारले वास्था नगरेका कारण आफूहरु मौलिक हकबाट बञ्चित भएको र बालबालिकाहरुले पढ्न नपाएको बताए । उनले सरकारले यति लामो समयसम्म व्यवस्थापन गर्न नसक्दा आफूहरुको अवस्था झन नाजुक बनेको र पढ्न बालबालिकाहरुलाई श्रममा लगाउनुपर्ने बाध्यता आएको बताए । ‘सरकारले केही वास्था गर्दैन,’ उनले भने–‘हामीलाई बासको व्यवस्था छैन, केटाकेटीलाई कहाँ पढाउने हो र ?’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप